रास्वपा सांसदहरू ‘बेठी लाउन गएका जिम्वाल र नौटङ्कीबाज’ : एमाले नेता गोकुल बाँस्कोटा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारका नाममा ‘नौटङ्की’ गर्न पुगेको आरोप लगाएका छन्।

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ २२ १९:२३ बजे
एमाले नेता गोकुल वास्कोटा

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारका नाममा ‘नौटङ्की’ गर्न पुगेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बाँस्कोटाले फिल्डमा पुगेका केही व्यक्ति बाहेक रास्वपाका अधिकांश सांसदहरूको भूमिका देखावटी मात्र भएको दाबी गरेका हुन्। उनले रास्वपाका सांसदहरूलाई ‘बेठी लाउन गएका जिम्वाल’ को संज्ञा दिएका छन्।

बाँस्कोटाले लेखेका छन-  ग्राउण्ड जिरोमा पुगेका श्रीराम न्यौपाने र सागर ढकालबाहेक रास्वपाका सांसदहरू बेठी लाउन गएका जिम्वाल र नौटङ्कीबाज नै हुन्। बिजुली घर, सडक, पुल र सञ्चार जो बगे, ती विगतमा भएका कामका प्रमाण हुन्। मन्दिरको घण्टी पनि धेरै बजे झर्को लाग्छ।

विपद्का बेला पुराना दलहरूले केही नगरेको भन्दै भइरहेको आलोचनाप्रति संकेत गर्दै बाँस्कोटाले अहिले बाढीपहिरोले क्षति पुर्‍याएका पूर्वाधारहरू विगतकै सरकारहरूले निर्माण गरेको प्रमाण भएको तर्क गरेका छन्। 

बाढीले बगाएका जलविद्युत् आयोजना, सडक, पुल र सञ्चार संरचनाहरू देखाउँदै उनले विगतका कामको बचाउ गरेका छन्। 


२०८३ भदौ २२ १९:२३ बजे

प्रतिक्रिया