धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी किसान महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ (साबिक गेटा गा.वि.स. वडा नम्बर ७) श्रीलंका गाउँमा आर्थिक वर्ष २०५१ र ०५२ मा तत्कालिन सुकुम्बासी समस्या समाधान आयोग कैलालीबाट जग्गा प्राप्त गरी जग्गा धनि प्रमाण पत्र समेत भएका करिब ५० परिवार लाई आफ्नो जग्गामा भोगचलन गर्ने वातावरण मिलाइ दिन आज कैलालीका प्रमुख जिल्ला अधिकारी(सिडियो) लाई ज्ञापनपत्र वुझाएका छन।
उक्त बस्तीमा २०६१ सालमा र पुनः २०६४ आश्विन ३ र ४ गतेको अविरल वर्षाका कारण मोहना नदीमा आएको बाढीले उक्त जमिन बगरमा परिणत गरेको थियो । त्यसपछि केहि व्यक्तिहरुले किसानहरुको जग्गाको क्षेत्र अतिक्रमण गरेर वृक्षारोपण गरेका थिए। किसानहरु आफ्नो जग्गाको नक्सा पुर्जा देखाउदै जग्गामा भोगचलनका लागी जादा वार्ड अध्यक्षको मिलोमतोमा वनले झुठा मुद्दा लगाउने गरेको एक पिडित किसानले वताएका छन।
त्यहाँ बसोबास गर्दै आएका नागरिकहरु हाल उक्त जमिन भन्दा अन्यत्र अस्थाइ रुपमा बसी मजदूरी गरी दैनिकी गुजारा चलाईरहेका छन। उक्त जमिनको मालपोत दस्तुर हालसम्म तिरिरहेको महासंघले ज्ञापन पत्रमा उल्लेख गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका सिसिएम तथा कैलाली इन्चार्ज रुद्र कडेलले ज्ञापन पत्र वाचन गरेर प्रजिअ लाई हस्तातरण गरेका थिए।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपााल सुदूरपश्चिम प्रदेशका २ नम्बर ब्युरो इन्चार्ज तथा पोलिटब्युरो सदस्य लाल बहादुर जाग्रीको नेतृत्वमा , २ नम्बर ब्युरो सचिव लाल बहादुर मडै, कैलाली जिल्ला इन्चार्ज रुद्र कडेँल, महासंघका प्रदेश संयोजक टंक प्रसाद कोइराला तथा जग्गाधनी किसानहरुका प्रतिनिधि सहितको टोलीले आज (बिहिबार) कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रसंगै महासंघले केहि व्यक्तिको जग्गा धनी पूर्जा र नागरिकताको प्रतिलिपी समेत संलग्न राखेर वुझाएका रुद्र कडेलले वताएका छन।

प्रतिक्रिया