सुदूरपश्चिमका मुख्यमत्री खगराज भट्ट सँग भेटघाट भ्रष्टाचार वेथिति रोक्न आग्रह

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ १४ २१:१६ बजे
भेटघाटको फोटो

 

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम(व्युरो न. १ र २)ले सँयुक्तरुपमा आज भाद्र १४ गते सुदूरपश्चिम प्रदेशका मुख्यमत्री खगराज भट्ट सँग  राजनितिक  भेटघाट गरेको  २ न. व्युरो सचिव लालवहादुर मडैले वताएका छन।

भेटका क्रममा पार्टीका स्थायी समिति सदस्य तथा  प्रवक्ता हेमन्त प्रकाश ओलीले पार्टीको समसामयिक राजनितिका वारे धाराणा राख्नु भयो। देश साम्राज्यवादीहरुको चङगुलमा परेको हुदा राष्टिय स्वाधिनताका लागी देशभक्त जनतात्रीक प्रगतिशिलहरुका विच सँयुक्त मोर्चा निर्माण गर्नु पर्ने आवश्यक्ता वारे  धारणा राख्नु भयो। उहाँले आफुले लेखेको पुस्तक दर्शनशात्रको इतिहास पनि मुख्यमत्री खगराज भट्ट लाई हस्तातरण गर्नु भयो।

सुदूरपश्चिम व्युरो(१ र २) इन्चार्ज तथा पिविएम लालवहादुर जाग्रीले पार्टी तर्फ वाट प्रदेश  सरकारका  योजनाहरु व्यापक  खरिदविक्रिका आधारमा छनोट हुने गरे हुदा यस्ता विचौलियाका भनसुनका आधारमा नभइ वास्तविक जनताका योजनामा वजेट विनियोजन हुनुपर्ने, कृषि अनुदान तथा कृषि सहुलेत ऋण वास्तविक किसानले नपाउने किर्ते कागज  देखाउटी फिल्टभिजिटका आधारमा अनुदान लिने गर्दै आएकोमा गलत ढङगले अनुदान लिन वाट सरकारी विगो सरह असुल उपर गरि  वास्तविक किसानलाई अनुदान र सहुलेत ऋण प्रदान गरिनुपर्ने वताए। जाग्रीले अगाडी भन्ने प्रदेश सरकारले अव ल्याउने निति तथा कार्यक्रममा किसान मजदुर  साना तथा  मझौला किसान व्यापारिहरु लाई फाइदा पुग्ने प्रकारका निति तथा कार्यक्रम ल्याउन मुख्यमत्री लाई आग्रह गरेका थिए।

१ न. व्युरो सचिव रामवहादुर महराले कञ्चनपुरका आरक्षपिडितहरु लाई तत्काल पुनस्थापना गर्ने मुख्यमत्री भट्टलाई आग्रह गरेका थिए। पार्टीका तर्फ वाट नयाँ मुख्यमत्री लाई वधाई तथा  कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

मुख्यमत्री भट्ट सँगको भेटघाट टोलीमा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली पिविएम तथा व्युरो इञ्चार्ज लाल वहादुर जाग्री  पार्टीका वैकल्पिक पिविएम तथा कार्यालय स्टाप सुदृष्टी  सिसिएम तथा १ न. व्युरो सचिव रामवहादुर महरा  सिसिएम तथा २ न. व्युरो सचिव लालवहादुर मडै वैकल्पक सदस्य शिवराज वजगाइ समेत रहनु १ न. व्युरो सदस्य रामवहादुर महराले वताएका छन। 


२०८३ भदौ १४ २१:१६ बजे

प्रतिक्रिया