विपदको वेलामा सवै एकजुट भइ उद्दार कार्यमा लागौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

विपदमा परि निधन हुन पुगेका जनहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ १० २१:२१ बजे

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले तिब्बतको क्षेत्रबाट नेपालको रसुवागढी हुदै आएको बाढीको विपदमा परेको जनताको उद्धारकोलागि फिल्डमा उत्रिन पार्टी सदस्य  जनता सरकारी निकाय सवै लाई एक वक्तव्य मार्फत आव्हान गरेको छ।

 पार्टीका प्रवक्ता सुदर्शनले २०८३ भदौ १० गते एक वक्तव्य जारी गर्दै सो  आव्हान गरेका हुन । वक्तव्यमा राष्ट्रिय विपदको यो घडीमाा फसेका जनताको उद्धार गर्न घाइतेहरुको उपचार गर्न घरबास गुमाएका मानिसहरुको तत्काल बसोबास तथा खानपिनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ । विपदमा परि निधन हुन पुगेका जनहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । 

वक्तव्यमा भनिएको छ आज विहान करिब ९ बजेतिर चीनको तिब्बत तर्फबाट आकस्मिक रुपमा भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे बजार, स्याफ्रुबेसी, रसुवागढी लगायत उक्त नदीको बहाव वरिपरि रहेका रसुवा, नुवाकोट, धादिङ्, चितवन, गोर्खा लगायतका जिल्लाका गाउँ, बस्ती, प्रहरी चौकी, विद्युत गृह, बाटो, पुल सहित थुप्रै भौतिक संरचना ध्वस्त भएका छन् । अहिलेसम्म कति जनधनको क्षति भयो त्यसको विवरण आएको छैन । सयौं जना मानिसहरु मरेको, बेपत्ता तथा घाइते भएको र अरवौं रुपियाको राष्ट्रिय वा निजी सम्पत्ति ध्वस्त भएको अनुमान छ । सर्वप्रथम हाम्रो पार्टी यस दुर्घटनामा परी निधन हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र मृतकका आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ, साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

अकल्पनीय राष्ट्रिय विपदको यो घडीमा बाढीमा फसेका जनताको उद्धार गर्न, घाइतेहरुको उपचारगर्न, घरबास गुमाएका मानिसहरुको तत्काल बसोबास तथा खानपीनको व्यवस्था गर्न  नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै विपदमा परेका जनताको उद्धारका निमित्त तत्काल फिल्डमा उत्रिन मुख्यतः उक्त क्षेत्रका आम जनता सरकारी निकाय  पार्टी पङ्क्तिलाई विशेष आव्हान गरेका छन। 


 


२०८३ भदौ १० २१:२१ बजे

प्रतिक्रिया