प्रधानमन्त्रीको अघोषित रहस्यमय गोप्य मुस्ताङ्ग क्षेत्रको यात्राले गम्भिर आशँका उव्जाएको छ- सन्तवहादुर नेपाली

देशमा बाह्य हस्तक्षेप बढिरहेको सन्देहास्पद स्थिति बनिरहेको अवस्थामा यूरेनियम जस्तो संवेदनशील र महत्वपूर्ण खनिज पदार्थ रहेको मुस्ताङ्ग क्षेत्रमा प्रधानमन्त्रीको अघोषित रहस्यमय गोप्य यात्रा किन भएको हो ?

bimbonline बिम्ब अनलाइन
२०८३ भदौ ९ १२:०२ बजे
सन्तवहादुर नेपाली सँयोजक राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल

काठमाण्डौ।राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक सन्तबहादुर नेपालीले मोर्चाले राष्ट्रिय भेला  तथा थ समसामायिक विषयहरुका वारे आज मिति २०८३।५।९ गते एक वक्तव्य जारी गरेका छन। वक्तव्यमा भनिएको छ।

 बारा जिल्ला सिमराकी ३ वर्षीय बालिका गरिमा चौधरीलाई चकलेट दिइ ललाइफकाई अपहरण गरे पछि  बलात्कार गरी  हत्या गर्ने जस्तो  जघन्य,क्रूर र अमानवीय अपराधको  राष्ट्रिय क्रान्तिकारी मोर्चाको  बैठकले   घोर निन्दा एवम् भत्सर्ना गर्दछ  । त्यस्तो त्रासद अपराधमा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न र पीडित परिवारलाई राहत र आवश्यक क्षतिपूर्ति प्रदान गर्न जोडदार माग गरिन्छ ।

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको वार्षिक भेला यही भाद्र महिनाको २३ गते काठमाण्डौमा हुने छ।  राष्ट्रिय स्वाधीनता,जनतान्त्रिक अधिकार,नागरिक स्वतन्त्रता र जनजीविका सम्बन्धी समान विचार भएका अन्य विभिन्न  राजनीतिक घटकसँग पनि छलफल चलाई मोर्चामा सामेल हुन सक्ने स्थिति विकसित भएमा मोर्चाको नीति र विधि अनुसार  सम्मिलित हुन आग्रह गरिने वताएका छन।

  लघुवित्त, मिटर ब्याज र सहकारी ठगीमा परेर आन्दोलनरत रहेका श्रमिक किसानहरुका न्यायपूर्ण र जायज मागहरु कुनै आलटाल नगरी पूरा गर्न र पीडित परिवारका समस्या हल गर्न सरकारसँग जोडदार माग गरेको ,डोजर लगाई दमनको भरमा जबर्जस्ती उठिवास गराई विचल्लीमा पारिएका सुकुम्बासी तथा भूमिहीन परिवारलाई तत्काल यथोचित घरबास, रोजगारी र तिनका बाल बालिकाको शिक्षा सुचारु गर्ने व्यवस्था  गर्न र तिनको उचित औषधोपचारको ब्यवस्था  गर्न समेत  वक्तव्यमा उल्लेख गरेका छन।

.देशमा बाह्य हस्तक्षेप बढिरहेको सन्देहास्पद स्थिति बनिरहेको अवस्थामा  यूरेनियम जस्तो संवेदनशील र महत्वपूर्ण खनिज पदार्थ रहेको मुस्ताङ्ग क्षेत्रमा प्रधानमन्त्रीको अघोषित रहस्यमय गोप्य यात्रा किन भएको हो भन्ने विषयमा जनतामा आशंका उत्पन्न भएको हुँदा त्यसबारे प्रधानमन्त्रीले  जनता लाई स्पष्ट पार्न  माग गरिएको छ। 

 


२०८३ भदौ ९ १२:०२ बजे

प्रतिक्रिया