नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन किन कमजोर भयो

एम. बि.सिहंको निति न जनसंघर्ष न स-सस्त्र संघर्ष रह्यो । स्थानीय निर्वाचनमा भागलिने नीति पश्चात् त वहाँले प्रतिक्रियावादी शक्ति सँगपनि हात मिलाएर अधिकांश चुनावमा भागलिने र चुनाव लक्ष्यित कार्यक्रमहरूनै तय गर्नुभयो।

bimbonline नारायण योगी
२०८३ साउन ९ १२:०७ बजे
नारायण योगी

म  राजननितिको एउटा  बिध्यार्थी हुं। मलाई  लागेको  एउटा  कुरा  सेयर  गर्न  चाहें।आज नेपाल ,भारत ,बंगलादेश,श्रीलंकामा क्रान्तिकारी  कम्युनिस्ट  आन्दोलन  किन  यदि धेरै  कमजोर  बन्दै गयो? यस बिषयमा के हो भने यहांका कम्युनिस्ट  पार्टीका  नेताहरूले  देसको अवस्था ,जनताको  चेतना,राष्ट्रिय ,अन्तर्राष्ट्रिय  परिस्थिति  आफ्नो  पार्टीको  अवस्था  आदिलाई  गंभिरतापुर्वक बिचार,विश्लेषण गरेर निति  अबलम्वन गर्न  सकेनन् कि?  अर्कोतिर  यी देसहरूमा कम्युनिस्ट  नामधारी दक्षिणपन्थी  पार्टीहरूले ठुलो  पैमानामा भ्रष्टाचार  गरे जसले  कम्युनिस्ट बिचार बदनाम  भयो ।

 चिनमा  माओले अपनाएको  निति  त्यहाँको  परिस्थिति  अनुसार  ठिक  थियोे  । त्यो  बेलामा  स्टालिनले  चिनलाई संम्पुर्ण रूपमा  सहयोग  गरेका थिए।जसका  कारणले  आन्दोलन  सफलतामा पुग्यो । यसरी त्यो बेला  जब रूसमा  ख्रुस्चोभले दक्षिणपन्थी  निति  अपनाए पहिलो त  ख्रुस्चोभलाई आलोचना  गर्ने  जुन मनोबैज्ञानिक प्रभाव हो त्यसले लेनिनको  नितिलाई  पनि ओझेलमा पार्ने  कुरा भयो ।जसका कारणले  चिन र कमरेड  माओ प्रति वा माओले अगिंकार गरेको  बाटो  प्रतिको झुकाव बढ्यो  र फलस्वरूप  चारूमजुमदारले चिनको अध्यक्ष  हाम्रो  पनि  अध्यक्ष  भने र सशस्त्र  संङर्षको निति ल्याए।त्यो  एउटा  भडकाव थियोे ।जसको कारण  भारतको कम्युनिस्ट  आन्दोलनको बर्तमान अवस्था  यति  कमजोर  बनेको छ। त्यो  बेला  नै जनआन्दोल नै आन्दोलनको प्रमुख  स्वरूप हो भन्ने  कुरा  स्पष्ट  भएको  भएआज  जे जे भए  छ सायद त्यो  हुने थिएन।

अर्कोतिर  तात्कालिन अवस्थामा   नेहरू पि.एम.रहदा,रूसले भारतलाई निकै  ठुलो  मद्दत  गर्यो अहिलेसम्म  गरिरहेकैछ। यहाँ नेरू पनि  कम्युनिस्ट  नेतृत्वलाई मनोबैज्ञानिक प्रभाव  के पर्न  गयो  भने   रूस र भारत  भाई -भाइ जस्तो  भए  पछि  रूसको  नेता लेनिन    जसको नितिलाई भारतमा लागू गर्ने कुरामा  हिच्किचाहट पैदा भयो । फलस्वरूप  उग्रवामपन्थी  बिचार हावि भयो ।नेपालमा कम्युनिस्ट  पार्टीको  स्थापनामा नै भारतीय  कम्युनिस्ट  नेताहरूको प्रत्यक्ष  प्रभाव  पर्यो  र पार्टीको  स्थापना  कलकत्तामा भयो  ।स्थापना  पश्चात् कम्युनिस्ट पार्टीले पहिलो पटक  देसमा  नयाँ  जनवादी   क्रान्तिको निति  अवलम्बन  गर्यो।त्यो  नीति संस्थापक नेता  कमरेड  पुष्पलालले गरेको  भए  पनि   त्यसलाई  अलिक  व्यवस्थित  र बलियो  बनाउने  काममा  कमरेड एम.बि.सिंहले गरे।तर पाँचौ  महाधिवेशनमा  प्रचण्डले  ह्याक गरेर  आफ्नो उग्रवामपन्थी  नितिलाई अगाडि  बढाए।  आफ्नो स्वार्थ  पूरा गरे।यद्यपि  माओबादि आन्दोलनले गणतन्त्र  ल्याउनमा जुन अहम भुमिका निर्वाह गर्यो त्यसको  हामीले अवमूल्यन  गर्नु अर्को  गल्ती हुनेछ बर्तमान उपलब्धि  प्राप्त  गर्न नेपाली  जनतले निकै  ठुलो  मुल्य  चुकाउनु  पर्यो ।सायद  माओबादि जनयुद्ध  नचलेको  भए  यति धेरै  क्षति  हुने थिएन र जनआन्दोलन द्वारानै बर्तमान अधिकार  प्राप्त  हुनेथियो । 

देसमा मालेले दक्षिणपन्थी  दिशा  समातेर  एमाले  बनिसके पछि  दक्षिणपन्थी  धार बलियो  हुदै  गयो ।चौम विभिन्न पार्टीमा बिभाजित भयो ।मोहन बैद्दले पहिले नेतृत्व  गरेको  पार्टी  पछि  प्रचण्डले  सेक्टर  काण्ड  गराएर त्यो  पार्टी  आफ्नो हातमा लिएर  अगाडि  बढदै यहाँ सम्म आएकाछन्।हाम्रो  देसको अवस्थालाई ठिक  संग बुझेर  सहि निति  अवलम्वन गरेको  नेता कमरेड  निर्मल लामा हुनुहुन्छ । जसले  देसको परिस्थिति  जनआन्दोलन‌ हो भनेर  किटानी  गर्नुभएको र त्यही  निति  तय पनि  गरेको हो।तर वहाँले कमरेड  एम.बि.सिहं लाई नेता मानेर समस्या  बल्झियो। किनकि   एम. बि.सिहंको  निति  न जनसंघर्ष न स-सस्त्र संघर्ष  रह्यो ।२०४९ सालको स्थानीय   निर्वाचनमा भागलिने नीति पश्चात्  त  वहाँले प्रतिक्रियावादी  शक्ति सँगपनि  हात मिलाएर  अधिकांश चुनावमा भागलिने र चुनाव   लक्ष्यित  कार्यक्रमहरूनै  तय गर्नुभयो।

बिचमा त चिनमा माओले नेतृत्व  गरेको  कम्युनिस्ट  पार्टी  कोमिङताको सरकारमा सामेल  भयो  भनेर  नेकपा  मसाल  पार्टीलाई सरकारमा सामेल  गराउनुभयो।  तर  बैधानिक  आन्दोलनमा खासै  ध्यान  दिनु सक्नु  भएन। २०६२\२०६३ आन्दोलनमा के भुमिका  रह्यो  इतिहास  साक्षी नैछ।    हामीले  अहिले  यो कुरा  गरेर धेरै  प्रतिफल  त नआला तर  इतिहासको समिक्षा  गर्न  निकै  जरुरी छ।तब मात्रै  हामी  अगाडि  जान सक्छौं ।जनताका   जेन्युन साना साना मागहरूले पनि  कति  धेरै  महत्त्व  रहेछ भन्ने  कुरा भारतमा चलिरहेको  CJP को आन्दोलनलाई हेर्ने  सकिन्छ ।यद्यपि  यस आन्दोलनका नेताहरू  पनि  शंकाको  घेरामा छन् । तर आन्दोलन  त उठेको त छनै। त्यसकारण  जनताका स- साना समस्यालाई उठाएर पनि   जनआन्दोलन बिकास  गर्न  सकिन्छ भन्ने  यो ज्वलन्त  उदाहरण हो। 


२०८३ साउन ९ १२:०७ बजे

प्रतिक्रिया