क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँड, एमालेसंग एकता असम्भवः प्रचण्ड

क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँड, एमालेसंग एकता असम्भवः प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ ११:२३ बजे
प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खत पुगेका प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरेका हुन्।

‘संघमा सिट पाउने दलले प्रदेशमा नलडने तथा प्रदेशमा लडने दलले संघमा दाबी नगर्ने गरि हामी अघि बढिरहेका छौं।’ उनले भने, ‘हिजो अबेरसम्म बसेर हामीले गठबन्धनमा संख्या सहमतिको सहमतिको नजिक पुर्याएर अब एकैपटक प्रदेश र क्षेत्रपनि टुंग्याउनेगरी आज दिनभरी काम गरिँदैछ, प्रचण्डले भने, ‘आजको काम सकिएपछि भोलि बसेर क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर उठेका छौं।’

सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन(३ बाटै चुनाव लड्ने बताए। सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘मैले प्रष्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर ३ नै हो,पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिलेपनि त्यहीँबाट लड्छु।’

नेकपा ९एकीकृत समाजवादी०सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे।

‘गठबन्धनभित्र आ-आफ्नो चुनाव चिन्हमा नै जाने तयारी भइरहेको छ। उनले थपे, ‘हामी समाजवादीसँग एकताको तयारी गर्दैछौं। केही समयपछि पार्टी एकता संयोजन समिति बनाउँदेछौं, घोषणापत्र एउटै गर्नेतिर हाम्रो प्रयास भइरहेको छ। तरपनि चुनाव चिन्ह चाँही आ(आफ्नो हुन्छ।’

यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कणरलीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए।

एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे। एनले भने, ‘एमालेसँग हामीले भन्दै आएका कुरा के हो भने विगतका संसद विघटन देखि अन्य सबै कामको आत्मसमिक्षा गर्न आवश्यक छ, त्यो नभएसम्म एमालेसँग कुनै सहकार्य हुने सम्भावना छैन।’

२०७९ भदौ १७ ११:२३ बजे

प्रतिक्रिया