कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ २७ १३:५९ बजे

धनगढी। एक थान कटुवा पेस्तोल र शंकास्पद् अन्य सामानसहित कैलाली प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका –५ सत्कार चोकनजिक डेरा गरी बस्दैआएका २४ वर्षीय साहिल खानलाई हतियारसहित पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार उनलाई मङ्गलबार राति २२ः२५ बजे प्रहरी टोलीले डेराबाटै पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्ति बसेको कोठा चेकजाँच गर्दा पेस्तोलसहित रेन्च एक थान, चाँदीको करुवा एक थान, चाँदीजस्तो देखिने माला दुई थान, टर्चलाइट दुई थान बरामद गरिएकोे छ । 

यसैगरी, फलामको रड एक थान, डिजिटल काटा एक थान र खुकुरी एक थान बरामद गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनुभयो । हतियारसहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।


२०८३ ज्येष्ठ २७ १३:५९ बजे

प्रतिक्रिया