अमेरिका–इरान वार्ता अर्को हप्ता सुरु हुन सक्ने

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख २७ १३:२२ बजे

काठमाडौं । अमेरिका र इरानबीचको वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ । जानकारहरूका अनुसार अर्को हप्ता वार्ता पुनः सुरु हुने सम्भावना छ 

पाकिस्तानको राजधानी इस्लामावादमा दुई राष्ट्रबीच वार्ता पुनः सुरु हुन सक्ने यस मामिलाका जानकार स्रोतहरूलाई उद्धृत गर्दै ‘द वाल स्ट्रिट जर्नल’ले जनाएको छ । जर्नलका अनुसार दुवै पक्षले मध्यस्थकर्ताहरूसँग मिलेर १४ बुँदे समझदारीपत्रलाई अन्तिम रूप दिन काम गरिरहेका छन् । यसले युद्ध अन्त्य गर्ने उद्देश्यसहित करिब एक महिना चल्ने वार्ताका लागि मापदण्ड तय गर्ने बताइएको छ ।

उक्त मस्यौदामा इरानको आणविक कार्यक्रम, होर्मुज जलमार्गमा तनाव कम गर्ने विषय तथा इरानको ‘उच्च सम्बर्धित युरेनियम’ को भण्डार विदेश पठाउने सम्भावनाबारे छलफल समावेश गरिएको बताइएको छ ।


२०८३ वैशाख २७ १३:२२ बजे

प्रतिक्रिया