मूल प्रवाह महिला विभाग चेन्नेईले मनायो हरितालिका तीज

मूल प्रवाह महिला विभाग चेन्नेईले मनायो हरितालिका तीज

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १४:०९ बजे
तीज

भारत चेन्ने । महिलाहरूको महान चाड हरितालिकाको अवसरमा   मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले  तिज मनाएको छ  । समाजले चेन्नेई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिका महिला विभागहरूको संयुक्त तत्त्वावधानमा ३१ अगस्ट २०२२ का दिन चेन्नेईमा  तिज मनाएको हो ।

  कार्यक्रमको सञ्चालन महिला विभाग क्षेत्रीय सदस्य सुनिता बस्यालले  गरेका हुन् । कार्यक्रमको अध्यक्षता महिला विभाग क्षेत्रीय सदस्य  जानु देवी सुवेदीले गरे। अतिथिहरूको आसन ग्रहण पछि सहिदहरू प्रति श्रद्धाञ्जलीमा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण जन मानसलाइ शब्दबाट क्षेत्रीय महिला विभाग सदस्य दिपा शर्मा र संगीत बाट रक्तिमका कलाकारहरूले स्वागत  गरेका थिए ।

महिलाहरूको महान पर्व हरितालिका तीज महोत्सव २०२२ को उद्घाटन प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव श्री महेन्द्र बस्याल र केन्द्रीय नेताहरूले द्वीप प्रज्वलित गरेर  गरेका थिए। प्रमुख अतिथि समाजका महासचिव महेन्द्र बस्यालले हरितालिका तीजको हिन्दु धर्म अनुसार राजा हिमालयकी छोरी पार्वतीले १०८ बर्त बसेर कठोर परिश्रम पछि भगवान महादेवलाई आफ्नो श्रीमानको रूपमा प्राप्त गर्न सफल भएको एक पौराणिक तथा धार्मिक दिन हो भन्ने कुरा हिन्दु धर्म ग्रन्थमा उल्लेख गरेको पाइन्छ। त्यस दिन देखी यस पर्वलाई हिन्दु महिलाहरूले श्रीमानको सुस्वास्थ्य तथा दिर्घ आयुको लागि बर्त बस्ने गर्दछन्। भने अविवाहित किशोरीहरूले राम्रो श्रीमान प्राप्त गर्नको लागि बर्त बस्ने, पूजा आजा गर्ने र दिदी बहिनीहरू जम्मा भएर दर खाने प्रचलन   रहेको, तर आजकाल शहर बजारतिर तीजलाई तीजको रूपमा नमनाएर खर्चिलो ९ भड्किलो र उत्ताउलो रूपमा तीज मनाउने गरेको पनि सामाजिक सञ्जालमा देखिने गरेको बताएका छन् ।

उनले त्यसरी तीज मनाउनुको कुनै औचित्य नहुने र त्यस प्रकारको तीज मनाइने नेपाली समाजमा विकृति फैलाउन सक्ने बताएका छन् । हामीले प्रवासमा रहेर पनि त्यस प्रकारका उत्ताउलो पारा र जीवन शैलीको विरोध गर्दै धार्मिक चाड पर्वहरूलाई पनि प्रगतिशील ढंगबाट मनाउनु  पर्ने उनेको  भनाइ रहेको छ ।  उनले भने, 'हामीहरू प्रवासमा रहेता पनि देश र जनताको पक्षमा आवाज बुलन्द गर्ने गीत गाउने र साधारण तरिका बाट सबै मिलेर दर खाने परिपाटी मिलाउनु राम्रो हुन्छ । हामी समाज संगठनमा लागेका साथीहरू दर खाने मात्र होइन भारतमा रहेका सम्पूर्ण नेपाली जनताका जल्दा बल्दा समस्या समाधान गर्न एक जुट हुनु पर्दछ र देशर जनताको पक्षमा चल्ने जायज र न्यायिक कार्यक्रमहरूलाइ प्रवास बाट पनि समर्थन गर्नुका साथै संयुक्त रूपमा कार्यक्रम गरेर हामीले एकेवध्दता जनाउनु पर्दछ ।'

उनले पाँच दलिय गठबंधनले देशको राष्ट्रीयता, अखंडता र सार्वभौमिकतालाइ नै खतरा पुग्ने गरि MCC र नागरिकता विधेयक संसद बाट पास गर्ने काम गरेका बताएका छन् ।  उनले भने, ' राष्ट्रीय जनमोर्चा समन्वय समिति सँग आबद्ध हाम्रो सँगठन त्यसको निन्दा गर्दछ ।' तीज कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरूमा समाजकी महिला नेतृ तथा मूल प्रवाह केन्द्रीय सदस्य दुर्गा सुवेदी, केन्द्रीय सदस्य फुलमाया के सी, केन्द्रीय सदस्य हेमराज रिजाल, उमानन्द शर्मा, ज्योति नारायण सुवेदी, केन्द्रीय तथा चेन्नेई दक्षिण नगर अध्यक्ष रन बहादुर थापा, केन्द्रीय सदस्य तथा चेन्नेई उतर नगर अध्यक्ष नर बहादुर गुरूङ, केन्द्रीय सदस्य तथा चेन्नेई पश्चिम नगर अध्यक्ष अर्जुन केसी, विध्यार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, भाइचारा संगठन प्रवासी नेपाली संघ भारतकी केन्द्रीय सदस्य सिमा न्युरे, एकता मन्च तमिलनाडु राज्य सदस्य पर्बत खड्का, जनसम्पर्क समिति क्षेत्रीय समितिकी शिक्षा सचिव सिता नयुरे, मूल प्रवाह क्षेत्रीय सदस्य माया हमाल, मोहराज सुवेदी, रोमनाथ सुवेदी, राम कुमार क्षेत्री, हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, क्षेत्रीय प्रतिनिधि तिलकराम जि टी, दिनेश थापा, हरि जिसी, क्षेत्रीय महिला विभाग सदस्य देवी रिजाल, सिता घिमीरे, माया रोका, लक्ष्मी खनाल, तुलसा सुवेदी, मंगली बि क,रक्तिम क्षेत्रीय विभाग तथा डान्स कोचर दिपा के सी, आइएमई दक्षिण भारत प्रतिनिधि बिष्णु पौडेल, एकता समाज भारतकी क्षेत्रीय सदस्य बन्सरा राना रहेका थिए । 

२०७९ भदौ १६ १४:०९ बजे

प्रतिक्रिया