चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १३:४१ बजे
नवल खड्का

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको  हो । महासचिवमा सुनिलकुमार थापा  निर्वाचित  भएका  हुन् ।  

बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि उनीहरु निर्विरोध  निर्वाचित भएका हुन् ।  त्यस्तैउपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका हुन् । सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध निर्वाचित भएका छन् । 

सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् । कार्यसमिति नै निर्विरोध भएपछि चुनाव नहुने भएको छ ।

नेपाली फिल्मलाई प्राइम टाइमको शो उपलब्ध गराउन पहल गर्ने र सर्भर चार्ज, विज्ञापन तथा पोस्टरको नाममा अनावश्यक आर्थिक बोझ बोकाउने कार्यविरुद्ध  आफ्नो प्राथमिकता रहने अध्यक्ष नवल खड्काले  बताएका छन् । 

विदेशी फिल्मबाट नेपाली फिल्म पेलिएको भन्ने यथार्थबारे आफू जानकार रहेको र यसविरुद्ध पनि उभिने  उनले बताएका छन् । उनले चलचित्र विकास बोर्ड र चलचित्र संघसँग सहकार्य  गरेर अगाडी बड्ने बताएका छन् । 

नयाँ कार्यसमितिको शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने  छ । नयाँ कार्यसमिति सदस्यहरुको सपथग्रहण शनिबार हुने छ ।

२०७९ भदौ १६ १३:४१ बजे

प्रतिक्रिया