जोगवुडामा गोली लागेर एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २७ ०८:५९ बजे

डडेल्धुरा। डडेल्धुराको जोगवुडामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।मंगलबार साँझ परशुराम नगरपालिका-२ बसौटीस्थित जानकी बोहराको घरमा बन्दुक समातेर फोटो खिच्ने क्रममा १७ वर्षीय सुबास महराको मृत्यु भएको हो।

बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकीको घर परशुराम नगरपालिका वार्ड न.२ वसौटीमा आएका थिए।सोही क्रममा घरमा रहेको भरुवा बन्दुक समातेर फोटो खिच्ने प्रयास गर्दा बन्दुक अचानक पड्किएको बताइएको छ।

बन्दुक पड्किँदा गम्भीर घाइते भएका महरालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो।तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छन।



२०८२ फागुन २७ ०८:५९ बजे

प्रतिक्रिया