लामिछाने र बालेनलाई मोदीको बधाई

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २६ १३:०३ बजे
भारतय प्रधानमन्त्री नरेन्द्र मोदी

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले सोमबार (२५ फागुन) टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

साथै उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिएका छन् ।प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरेका छन् ।





२०८२ फागुन २६ १३:०३ बजे

प्रतिक्रिया