काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार (माघ २३) काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निर्वाचन आयोगको निर्देशन बमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न आरोपमा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।
“निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले पत्र पठाएपछि हामीले पक्राउ गरेका हौँ,” साइबर ब्युरोका एसपी दीपक अवस्थीले भनेका छन ।
प्रसाईंमाथि के कसरी कारबाही अघि बढाउने भन्ने विषयमा आफूहरूले गृहकार्य गरिरहेको उनले बताए ।
प्रतिक्रिया