बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:४६ बजे
पक्राउ

 काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् ।    सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएर ललितपुर बस्दै आएका राजेश सुनुवार पक्राउ परका हुन् । 

५६ वर्षीय सुनुवारलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताएका छन् । सुनुवारले बैंक खातामा पैसा भएको जानकारी हुँदाहुँदै दिपक थापालाई दिएको ५ लाखको चेक बाउन्स भएको थियो । चेक नसाटिएपछि थापाले उनीविरुद्ध जाहेरी दिएका  थिए ।

एसपी कोइरालाका अनुसार भदौ १३ मा पक्राउ गरेर आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिस काठमाडौंमा पठाइएको  छ । 

२०७९ भदौ १४ १२:४६ बजे

प्रतिक्रिया