बलिउड अभिनेता गोविन्दा नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपालमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:२५ बजे
बलिउड अभिनेता गोविन्दा

 काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन् । नेपाली रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा  उनिहरु  नेपाल  आएका हुन् ।  

गत आइतबार राजधानीमा ’मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रम आयोजना गरी शोको आगामी योजना’बारे  जानकारी दिइएको थियो । उक्त कार्यक्रममा गोविन्दा र उनकी पत्नी सुनिताले शोलाई लिएर उत्साहित रहेको बताए ।

 उनले भने, ’नेपालको उत्कृष्ट शोमा उपस्थित हुन पाउँदा एकदमै खुसी छु । नेपाली ज्वाइँको उपमा पाउँदा म सधैं गर्व महसुस गर्छु।  त्यस्तै, सुनिताले पनि आफू नेपाली नारीको रूपमा परिचित हुन पाउँदा गर्व महसुस गर्ने बताइन् ।

भूषण दाहालले निर्देशन गरेको उक्त एपिसोड यसै साता प्रसारण हुनेछ । कान्तिपुर टेलिभिजन एचडी र ओएसआर रियालिटी युट्युबमार्फत् यो शो हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण भइरहेको छ ।

चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरूङ र सुरेन्द्र राई  रहेका छन् ।  

२०७९ भदौ १४ १२:२५ बजे

प्रतिक्रिया