प्रा.डा. युवराज सँग्रौला अहिले झापा निर्वाचन क्षेत्र न. २मा स्वतत्र उम्मेदवारी दिएर घरदैलो कार्यक्रम हुनुहुन्छ। चुनावी प्रचारको क्रममा उहाँ फिस्टे चराको कथा सुनाउदै प्रचार गरिरहेको आफ्नो फेसवुक स्टाटमा लेख्दै भनेका छन- फिस्टेको एक थोपा पानीले जंगलको आगो निभायो। यो कथा म जनतालाइ सुनाउंदै छु।
कस्तो निर्वाचन हो, यो?
बिचारमा बहस छैन।
जताततै गाली, ढांट कुरा र सनक छ।
देशको अर्थतन्त्र थारो छ। कतै छैन रोजगार। सन्तान बिदेशमा, बाबुआमा नेपालमा। देश भुराजनितीको चपेटामा। राजनीतिमा बिचार शून्य छ र राजनीतिक दलमा कुनै चिन्तन छैन। राजनीति पेसा र बिदेशीको सेवा गर्ने थलो भएको छ।
तर कहाँ छ समस्या र समाधानको बहसरु बौद्धिकहरुलाइ माटोमा आएर बहसमा उत्रौं भनेर अनेक पटक अह्वान गरें। तर कोहि आएनन। म भिडबाट टाढा गांउमा छु नागरिक संङ्ग।
झापाक निर्वाचन क्षेत्र २ न. का जनतासंङ्ग म छलफल गर्छु। उहाँहरु भन्नू हुन्छ, यो देशलाई श्राप लागेको रहेछ। निरासा ब्याप्त छ।
हो, बौद्धिकहरुको रास्ट्रप्रतीको जिम्मेवारी नागरिक संङ्ग उभिनु हो। म एक्लै बिचार र औद्योगिकरण अनि उन्नत कृषिको कुरा गर्दै हिंडी रहेको छु। किन? एउटा कथा सुन्नुहोस।
एउटा जंगलमा आगो लागेछ। सबै जनावर भागेछ्न। एउटा फिस्टे चरा चैं कुवामा जाँदै, एक थोपा पानी ल्यांउदै आगोमा हाल्दो रहेछ। अनि, हाती (बौद्धिकहरुको जमात) लाइ हांस उठेछ। के गरेको फिस्टेू?
आगो निभाको
एक थोपा पानीले ?
हो, एक थोपा पानीले। तिमिहरु ठुला भनेका सबैले एक एक थोपा हाल्दा कति हुन्छ? आफ्नो बास जल्दा पनि भाग्दै छौ, तर कहाँ बस्छौ बास जले पछी?
यहि हो चेतना भनेको? अन्ततः सबैले आगो निभांउछ्न, फिस्टेको चेतनाले जंगल बच्छ।
बिचार एक्लो हुन्न।
भिडले होइन देश बनाउने, बिचारले हो।
आज देशलाइ चाहीएको भिड होइन, बिचार हो।
प्रतिक्रिया