नोएडाको ट्विन टावर भत्किएपछि वायु प्रदूषण - सास फेर्न गाह्रो

नोएडाको ट्विन टावर भत्किएपछि वायु प्रदूषण - सास फेर्न गाह्रो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:१९ बजे

 काठमाडौं । भारतको नोएडामा रहेको ट्विन टावर  भत्किएपछि उडेको धुलो हावामा घुलमिलभएसँगै त्यसस्थान वरपरका क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ६ गुणासम्म बढेको छ ।

जसका कारण सर्वसाधारणहरुको आँखामा जलन हुनुका साथै सास फेर्न गाह्रो भएको समस्या  भएको छ । सोमबार साँझ परेको पानीका कारण वायु प्रदुषणको समस्या केही हदसम्म कम भएको छ । इमराल्ड कोर्टलगायत वरपरका समाजका बासिन्दाले धुलो र प्रदूषणको डरले बिहानैदेखि बालकनीका ढोका बन्द गरेका थिए ।

आइतबार टावर भत्कनुअघि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सेक्टर ९३ एमा वायु प्रदूषणको स्तर १०८ थियो । टावर भत्किएपछि राति आठ बजेसम्म बढेर ६७६ पुग्यो । 

नोएडा प्राधिकरणका सीईओ रितु महेश्वरीले एमराल्ड कोर्ट र एटीएस सोसाइटीको भ्रमण गरेर अधिकारीहरूलाई धूलोको व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

धुलो नियन्त्रण गर्न दिनभर पानीका स्प्रिङ्कलर, एन्टी स्मोग गन र पानीका ट्याङ्करहरू बर्साइएको थियो । उक्त स्थानमा हाल पानि छर्कने र बिरुवा धुने माक  चलीरहको छ ।  

२०७९ भदौ १४ १२:१९ बजे

प्रतिक्रिया