उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ-होलाई बर्खास्त गरेका छन्।कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार किमले सोमबार उपप्रधानमन्त्री याङलाई हटाउन आदेश दिएका हुन्।
सोमबार किम औद्योगिक परियोजनाको पहिलो चरणको उद्घाटन गर्न येओङसोङ मेसिन कम्प्लेक्समा पुगेका थिए।त्यहाँ सम्बोधनका क्रममा किमले याङ सुङ-होलाई हटाउन आदेश दिए।
अनि उपप्रधानमन्त्री याङलाई हप्काउँदै मञ्चबाट किमले भने, ‘धेरै ढिला हुनुभन्दा अघि नै यहाँबाट हिँड्नुहोस्।’किमले याङ जिम्मेवारी सम्हाल्न अयोग्य रहेको आरोप पनि लगाए।
किमले भने, ‘बाख्राले गाडा तान्न सक्दैन। यो हाम्रो क्याडर नियुक्ति प्रणालीमा गल्ती थियो। आखिर गाडा गोरुले तान्छ, बाख्राले होइन।’
प्रतिक्रिया