काठमाडौँ । एटलान्टिक सैनिक संगठन (नाटो)का सेनाहरू जनवरी १५ मा ग्रीनल्यान्ड पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सुरक्षाका लागि ग्रीनल्यान्डलाई अमेरिकी भूमिमा गाभ्ने घोषणा गरे पछि नाटोका सेनाहरू ग्रीनल्यान्ड पुगेका हुन्। अमेरिका , डेनमार्क र अन्य युरोपियन देशका बीचमा भएको वार्तामा सहमति नभए पछि नाटोका सेनाहरु त्यहाँ गएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलियालाई उनकै देशबाट गिरफ्तार गरी अहिले अमेरिकामा बन्दी बनाएका छन् र अदालतमा मुद्दा चलाएका छन्। ट्रम्पले आफूलाई अहिले भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। भेनेजुएलाका सम्पूर्ण तेल खानीहरू आफ्नो नियन्त्रणमा भएको घोषणा गरेका छन् । उनले भेनेजुएला र अमेरिका दुवैलाई फाइदा हुने गरी तेल खानीहरू सञ्चालन गर्ने बताएका छन्। यस पृष्ठभूमिमा ट्रम्पले डेनमार्कको स्वशासित प्रदेश ग्रीनल्यान्डलाई पनि आफ्नो कब्जामा लिने घोषणा गरेपछि युरोपमा ठूलो त्रास फैलिएको छ।
नाटोको घोषणापत्रमा एउटा नाटो सदस्यलाई सुरक्षा खतरा आइपरेमा सबै सदस्यहरूले मद्दत गर्ने उल्लेख छ। तर डेनमार्क स्वयं नाटोको सदस्यभूभागलाईनै अर्को सदस्य अमेरिकाले कब्जा गर्ने भनेपछिअमेरिकाले नाटोको घोषणा वा नियमलाई उल्लङ्घन गरेको छ। राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड वरपर समुद्रमा चिनियाँ र रुसी पानीजहाजहरू हिँडिरहेको बताउँदै त्यो अमेरिकी सुरक्षाका लागि ठूलो खतरा भएको दाबी गर्दै अमेरिकाको सुरक्षाका लागि ग्रीनल्यान्डमा अमेरिकी सेना राख्ने र त्यसलाई आफ्नै अमेरिका अन्तर्गत राख्ने बताएका छन् । युरोपका अन्य नाटो राष्ट्रहरुले यसको विरोध गरेका छन् । फ्रान्सले त्यसको अगुवाई गरेको छ। फ्रान्सका सेनाहरू सबभन्दा पहिले ग्रीनल्याण्ड पुगिसकेका छन् र उसलाई सहयोग गर्ने अन्य युरोपेली नाटो राष्ट्रका सेनाहरु पनि त्यहाँ पुग्दैछन् रुसले अमेरिकाको त्यस भनाइलाई खण्डन गरेको छ। रुसले भनेको छ ग्रीनल्यान्ड कब्जा गर्नका लागि अमेरिकाको त्यो बहाना मात्रै हो।
ग्रीनल्याण्ड डेनमार्कको एउटा अर्ध स्वायत्त प्रदेश हो। ग्रीनल्यान्ड विश्वको सबैभन्दा ठूलो टापु हो। यो उत्तर अमेरिकी महादेश र युरोप महादेशको बीचमा एटलान्टिक महासागरमा अवस्थित छ। यसको राजधानी नुक हो । २१ लाख ६६ हजार ८६ वर्ग किलोमिटर भूभाग सहितको बिशाल क्षेत्रफल भएपनि त्यहाँको जनसङ्ख्या जम्मा ५८ हजार छ। त्यहाँ झन्डै ९० प्रतिशत इनुइट आदिवासी जातिहरू छन्।७ प्रतिशत डेनिस छन्।
ग्रीनल्यान्डलाई अमेरिकी भूमिमा गाभ्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाप्रति डेनमार्क सरकारले आपत्ति जनाएको छ र ग्रीन्ल्यान्डकोस्वशासित सरकारले पनि त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो स्वेच्छाचारी प्रवृत्ति ,संयुक्त राष्ट्रसङ्घको नियम, स्वयं नाटोकै नियम सबैलाई अस्वीकार गर्ने गरेको छ। ग्रीनल्यान्ड अब डेनमार्ककै भूमि रहला वा अमेरिकाले कब्जा गर्छ भन्ने आम चासो विश्वव्यापी रुपमा बढेकोछ ।
प्रतिक्रिया