सन्दर्भः किम जोङ उन जन्म दिवस (८ जनवरी)

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २५ १९:१४ बजे
किम-जोङ-उन- उत्तरकोरियाका राष्टपति

सबै जनतालाई विज्ञान तथा प्रविधिप्रति सुसूचित बनाउने नारालाई उँचो राख्दै, युवाहरूले मेहनतका साथ आधुनिक विज्ञान तथा प्रविधि सिक्नुपर्दछ । ज्ञान अर्थव्यवस्थाको युगमा पूर्ण पारङ्गत बन्नुपर्दछ । आफ्नो दैनिक कार्यतालिका तथा बानीलाई पुस्तक पढ्ने काममा लगाउनुपर्दछ । मेहनती तथा जोशिला अध्येता बनेर पार्टी प्रकाशन, क्रान्ति शिक्षाप्रति समर्पित पुस्तकहरू र विज्ञान तथा प्रविधिका पुस्तकहरूलगायत विभिन्न क्षेत्रका पुस्तकहरू पढ्नु पर्दछ । छोङयोन जोन्वी पत्रिकाका हरेक अङ्क उनीहरूले पढेको हुनुपर्दछ ।

विद्यार्थीहरू समुन्नत कोरियाका स्तम्भहरू हुन्स वैज्ञानिक तथा प्राविधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रूपमा देशको भविष्यलाई डो¥याउने कुराको जिम्मेवारी लिनुपर्दछ । आफ्नो बीस र तीसको उमेरमा संसार नै छक्क पर्ने वैज्ञानिक तथा चिकित्सक बन्ने महत्वाकाङ्क्षालाई बढावा दिँदै उत्पादन उद्यमशीलता तथा विविध समाज–राजनैतिक क्रियाकलापमा सक्रियतापूर्वक सहभागी हुनुपर्दछ र सैद्धान्तिक तथा व्यवहारिक क्षमता तथा विस्तृत सीपयुक्त क्रान्तिकारी श्रमिकको रूपमा आफूलाई तयार पार्नुपर्दछ ।

नयाँ युगमा पार्टीको युवा अग्रदस्ताको रूपमा आफ्ना सम्मानजनक मिसनलाई युवा पुस्ताले इज्जतका साथ पूरा गर्दछ भन्ने कुराको सुनिश्चितता दिलाउने काममा युवा लिगको प्रारम्भिक सङ्गठनको निकै महत्वपूर्ण भूमिका र हैसियत रहेको छ ।

युवा लिगका प्रारम्भिक सङ्गठनहरू युवाका राजनैतिक जीवनका आधार र आधारभूत लडाकु एकाइहरू हुन् । उनीहरूले नै युवालाई पार्टी वरिपरि गोलबद्ध पार्छन र पार्टी नीतिको कार्यान्वयनमा उनीहरूलाई व्यवस्थित र परिचालित गर्छन । उनीहरूको सङ्गठन क्षमता, एकीकृत शक्ति तथा लडाकु कुशलता ठोस रूपमा युवा लिगका कुशलता र क्षमता हुनेछन् ।

तर पनि युवाका राजनैतिक सङ्गठनहरूको रूपमा आफ्ना महत्वपूर्ण हैसियत र मिसनका साथ सन्तोषजनक तरिकाले आफ्नो भूमिका निर्वाह गर्ने कुरामा उनीहरू असफल भइरहेका छन् । कोही कोही आफ्ना सदस्यहरूका साङ्गठनिक तथा वैचारिक जीवनलाई मार्गनिर्देश गराउने आफ्नो आधारभूत जिम्मेवारीमा आफूलाई केन्द्रित गर्न चुकिरहेका छन्, युवा सङ्गठनहरूलाई सुहाउने युवाको भावना, मनोविज्ञान र भावनासँग एकाकार भएर काम गरिरहेका छैनन् ।

प्रारम्भिक सङ्गठनलाई सवल पार्ने र उनीहरूको भूमिका बढाउने कुरा युवा लिगलाई सवल पार्ने काममा पहिलो कदम हो । युवा आन्दोलन विकास गर्न समग्र श्रृङ्खलाका प्रमुख कडिहरू हुन् । त्यसैकारण, हाम्रो पार्टीले युवा लिगका प्रारम्भिक पदाधिकारीको सम्मेलनलाई विशेष महत्व दिन्छ र युवा लिगको आधारभूत सङ्गठनलाई सवलिकृत पार्ने युग निर्माणको अवसर बन्ने छ । पार्टीको सन्गुन–आधारित क्रान्तिकारी नेतृत्व कार्यलाई निष्ठाका साथ सहयोग गर्ने अग्रदस्ता बनाउन युवाहरूलाई प्रशिक्षित गर्नेछ भन्ने कुराको अपेक्षा राख्दछ ।

युवा लिगको कार्यको महत्व र पार्टीको उच्च अपेक्षालाई हृदयभित्र राखी, यस सम्मेलनमा सहभागी र युवा लिगका अन्य पदाधिकारीहरूले सन्गुन युगमा युवाको अभियानलाई नयाँ उचाइमा पु¥याउन युवा लिगको प्रारम्भिक सङ्गठनको भूमिका तथा सैन्य कारबाहीलाई क्रान्तिकारी तरिकाले बढावा दिनुपर्दछ ।

युवा लिगका प्राथमिक सङ्गठनहरूले क्रान्तिको विकासको आवश्यकताअनुसार आफ्ना सदस्यहरूको साङ्गठनिक तथा वैचारिक जीवनलाई सशक्त पार्नुपर्दछ ।

सन्गुन क्रान्तिका अग्रदस्ताको लडाकुको रूपमा प्रशिक्षित भएको होस् वा नभएको, आफ्नो नेतृत्वलाई हातमा हात र काँधमा काँध मिलाउँदै साथ दिने पेक्तु पर्वतदेखिको अभियानलाई कसले निरन्तरता दिन्छ भन्ने कुरा युवा लिगका प्रारम्भिक सङ्गठनहरूले कसरी उनीहरूको साङ्गठनिक तथा वैचारिक जीवनलाई व्यवस्थित मार्गनिर्देशित गर्छन् भन्ने कुरामा भर पर्दछ । सदस्यहरूको साङ्गठनिक तथा वैचारिक जीवनलाई सशक्त पार्न उनीहरूले आफ्ना प्रयासहरूलाई निर्देशित गर्ने कुराले निकै ठुलो महत्व राख्दछ ।

सर्वप्रथमतः उनीहरूले युवाहरूमा तिव्रत्तम वैचारिक शिक्षा सञ्चालन गर्नुपर्दछ । किम जोङ इलको देशभक्तिपूर्ण भावना, निष्ठा र वर्ग सचेतता तथा नैतिकताका शिक्षालाई सशक्त पार्नु हाल युवाहरूको वैचारिक शिक्षामा निकै महत्वपूर्ण कुरा रहेको छ ।

नयाँ पुस्तालाई समृद्ध राष्ट्र निर्माणमा लगाउन प्रोत्साहित गर्ने सशक्त उत्प्रेरक राष्ट्र तथा जनताप्रति प्रेम गर्ने सच्चा राष्ट्रभक्तको रूपमा नयाँ पुस्तालाई हुर्काउने काममा किम जोङ इलको देशभक्ति निकै पोषण बन्छ । युवा लिगका प्रारम्भिक सङ्गठनहरूले युवाहरूलाई सत्य तथ्यको आधारमा देश र जनतालाई आफ्नो मन मस्तिष्कमा राखिरहने, आजीवन देश र जनताप्रतिको मायाको बाटोमा लागिरहने किम जोङ इल अमर पराक्रमलाई सुसूचित गर्नुपर्दछ । उनीहरूले किम जोङ इलका देशभक्तिपूर्ण भावनालाई आफ्नो लक्ष्यको एउटा तत्वको रूपमा प्रोत्साहित गर्नुपर्दछ र आफ्नो गाउँ कार्यस्थल मन पराउने र देश तथा जनताको आव्हानको सम्मानमा समर्पित गर्न आफूलाई सदा तयारी राख्ने सच्चा देशभक्त हुनेछन् ।



२०८२ पुष २५ १९:१४ बजे

प्रतिक्रिया