काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहितका ६ वटा पार्टीहरुले आज काठमाण्डौको थापागाँउ नयाँवानेश्वको एक व्याङंकेटमा भएको कार्यक्रममा फाल्गुन २१ गते हुने निर्वाचन वहिष्कारका कार्यक्रमहरुको घोषणा गरेका छन।
आज पौष २५ गते सार्वजनिक गरेका कार्यक्रम अनुसार पौष २६ र २७ गते प्रचार प्रसार तथा पर्चा वितरण,पौष २८ गते देशव्यापी मसाल जुलुस पौष २९ गते काठमाण्डौ उपत्यका वन्द माघ २ गते निर्वाचनको औचित्यताहिनता वारे देशका ठुला सहरहरु इटहरी जनकपुर सिमरा चितवन पोखरा वुटवल दाङग नेपालगञ्ज धनगढीमा अन्तक्रिया तथा गोष्ठि र माघ ५ गते देशव्यापी विरोध प्रर्दशनका कार्यक्रम रहेको महासिचव सिपि गजुरेलले आज हस्ताक्षर गरेको प्रेस नोटमा जनाएका छन।
प्रतिक्रिया