तीन स्टेपमा गठबन्धनभित्र भागबण्डा : प्रचण्ड

तीन स्टेपमा गठबन्धनभित्र भागबण्डा : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ १६:१५ बजे
प्रचण्ड

काठमाडौं ।  सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा बुधबारसम्ममा सत्ता गठबन्धनभित्र सीट संख्या टुंगो लाग्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेलको प्रक्रिया टुंगो लगाउने बताएका हुन् । 

उनले भने , ‘आज बिहान काँग्रेसका नेता र गठबन्धनका नेताहरुसँग कुरा भएको छ । पर्सीसम्म सीट संख्या टुंग्याउने भन्ने छ । सीट संख्या टुंग्याउने नजिक नजिक पुगेका छौ । अब टुंगो लाग्छ’। पहिलो स्टेपमा संख्या टुङ्ग्याउँछौँ । भदौ २० गतेसम्ममा कुन क्षेत्र माओवादी,  कुन क्षेत्र काँग्रेसलाई, कुन क्षेत्र एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई भनेर क्षेत्र र प्रदेश टुङ्ग्याउँछौँ ।’ आगामी भदौ २५ गतेसम्म गठबन्धनका सबै दलले आ–आफ्नो पार्टीको उम्मेदवार फाइनल गर्ने  उनले बताएका छन् । 

उम्मेदवार टुंगो लगाउने विषयमा स्थानीय तहको जस्तो नहुने र प्रदेश र संघमा व्यवस्थित रुपमा उम्मेदवार फाइनल  गरीने उनले बताएका छन् ।  

२०७९ भदौ १३ १६:१५ बजे

प्रतिक्रिया