हर्कसिह ओलीको उपचारको क्रममा आज विहान निधन

हर्क सिह ओली क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सुर्दशनका वुवा हुनुहुन्छ।

bimbonline बिम्ब अनलाइन
२०८२ पुष १४ ०९:३२ बजे
मृतक हर्कसिह ओली

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनका वुवा हर्कसिह ओलीको आज विहान निधन भएको छ । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६, विता निबासी उहाँका बुबा हर्कसिंह ओलीको काठमाडौँस्थित गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएको हो ।

८९ बर्षीय हर्कसिंह ओली मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको विगत केही महिनादेखि निरन्तर रुपमा गंगालाल अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । उहाँको आज विहान ३ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक हर्कसिंह ओलीको अहिले विहान ९ बजे पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा अन्त्यष्टी गरिने जानकारी प्राप्त भएको छ । मृतक ओलीका एकमात्र छोरा हेमन्तप्रकाश ओली (सुदर्शन) र चार छोरीहरु हुनुहुन्छ ।

 विभिन्न पार्टीका  कार्यकर्ताहरु, आफन्तजनहरुले सामाजिक सञ्जालमार्फत् मृतक बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । नेता सुदर्शनसहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिरहेका छन् ।


     


२०८२ पुष १४ ०९:३२ बजे

प्रतिक्रिया