काठमाण्डौ। रुस -युक्रेन युद्व सुरु हुनुअघि रुसको एकमात्र माग थियो, युक्रेन नेटोमा सामेल नहोस् भन्ने। रुसका शत्रु र उनीहरुका हातहतियारहरु रुसछेउ नआइपुगुन् भन्ने रुसको चाहना थियो।
त्यसै पनि सोभियत संघ ढलेपछि नेटो पूर्वतिर विस्तार नहुने भनि गरेको सम्झौता तोड्दै अगाडि बढेको अवस्थामा, रुसले आफ्नो राष्ट्रिय सुरक्षामा गम्भिर चासो राख्दै युक्रेनलाई नेटोमा सामेल नहुन आग्रह गर्यो। तर जेलेन्स्कीले जिद्दी छाडेनन्। अन्ततः रुसले युक्रेनमाथि हमला गर्यो।
त्यसपछिका घटनाक्रम त हामी सबैलाई थाहै छ। सन् २०१९ अघिसम्म युक्रेनमा रुस समर्थित सरकार थियो, जसले सस्तो रुसी तेल, ग्याँस आपुर्ति गरेर देशको अौद्योगिक विकास तिव्र पारेको थियो। त्यसबेला युक्रेन युरोपको एक शक्तिशाली अर्थतन्त्र थियो। पश्चिमको चालबाजी नबुझी जनताले जेलेन्स्की जन्माए। नत उसले राजनीति बुझेको थियो, नत भू-राजनीति नै। जसको परिणामस्वरुप देश बर्बाद मात्रै भएन ।देशको सार्वभौमसत्ता नै गुम्ने अवस्थामा पुग्यो।
अहिले फेरि युक्रेन कहिल्यै नेटोमा सामेल नहुने र रुसले जितेका भूमिमाथिको दाबी छाड्ने सर्तमा युद्वविरामको ड्राफ्ट तयार भएको छ जसमा जेलेन्स्की पनि सकरात्मक रहेको खबर आएको छ।आखिर त्यहि नै गर्नु रैछ त? युद्व केका लागि थियो ? जेलेन्स्कीले नेटोमा सामेल हुने जिद्दी बेलैमा छाडेको भए र देशको भू-राजनीति बुझेको भए, नत एक चौथाइ भूमि गुम्थ्यो नत देश ध्वस्त हुन्थ्यो।
त्यसैले हाम्रो देशमा पनि नयाँ भनिएका वालेन रवि हर्क लाई सुपरहीरो वनाउनु अघि जनताले धेरैपटक सोच्नुपर्छ। यसको मतलब यो होइन कि बारम्बार सत्ताको स्वाद चाखेर असफल भएकालाई मौका दिनुपर्छ भन्ने होइन। राजनीतिमै रहेका, लामो समयसम्म त्याग गरेका, भू-राजनीति बुझेका, अनुभवी,परिपक्क र अवसर नपाएकाहरुलाई अगाडि बढाउनु नै बुद्विमता हुनेछ। बरु विकास कछुवा गतिमा होस् अहिलेलाई केही छैन। कम्तिमा शान्ति त छ। तर बंगलादेशका युनुस, युक्रेनका जेलेन्सिकीहरु र सिक्किमका लेण्डुपेहरु चाहिँ यहाँ जन्मिन नपाउन्, तिनीहरुलाई गर्भमै तुहाउने जिम्मेवारी अब तपाईं हामी सबैको काँधमा आएको छ।
प्रतिक्रिया