सरकारको वैधानिकता परीक्षण पछि मात्र चुनावमा जानु उपयुक्त हुन्छ- न्यायधिस फोरम

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ९ १९:२० बजे

काठमाडौं । पूर्वन्यायाधीश फोरमले वर्तमान सरकारको वैधानिकताको प्रश्नको निरुपण नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा सार्वजनिक गरेको छ । फोरमले बुधबार पत्रकार सम्मेलन गरी वैधानिकतामै उठिरहेको सरकारका विषयको प्रश्न सर्वोच्च अदालतमा पुगिसकेको अवस्थामा त्यसलाई रोकेर निर्वाचनमा जानु बान्छनीय नहुने धारणा सार्वजनिक गरेको हो ।

“सरकारको संवैधानिक हैसियत तथा प्रतिनिधिसभा विघटनको संवैधानिकताबारे विवाद उठी सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलाससमक्ष विचाराधीन रहेको सो विवादको निराकरण नगरी मन्त्रिपरिषद्बाट घोषित आमनिर्वाचन समेतका विषयमा अन्योल हुने टड्कारो देखिन्छ,” फोरमका अध्यक्ष टोपबहादुर सिंहले भने, “अतः संवैधानिक प्रयोग र पालनसम्बन्धी विवाद यथासम्भव सिधा टुंगो लगाउनु नै संविधानको संरक्षकका रूपमा स्थापित सर्वोच्च अदालतको संवैधानिक दायित्व हो र यो दायित्व निर्वाह गर्न सर्वोच्चले तदारुकता देखाउनुपर्ने अपेक्षा गरिन्छ ।” 

फोरमले चाँडो निर्णयका लागि केपी शर्मा ओलीले गरेको संसद् विघटनमा ‘अधिवक्ता सन्तोष भण्डारीविरुद्ध राष्ट्रपति कार्यालय समेत’ र ‘शेरबहादुर देउवाविरुद्ध राष्ट्रपतिको कार्यालय समेत’ भएको विगतका दुई रिट निवेदनहरू संवैधानिक इजलासले प्राथमिकतामा राखी तदारुकताका साथ निरन्तर सुनवाइ गरी विवादहरूको निरुपण गरिएको नजिर अनुरुप नै हुनुपर्ने राय राखेको छन।


२०८२ पुष ९ १९:२० बजे

प्रतिक्रिया