डडेल्धुरा । डडेल्धुरा जिल्लाको सदरमुकाम वागवजारमा चिसो अत्यधिक वढ्दै गएको छ। विहान र साझको समयमा ६ डिग्री सेल्सियस सम्म तामक्रम पग्ने गरेको छ।
दिउसो भन्ने १५ डिग्रि सेल्सियस सम्मको तापक्रम पुगे पनि चिसो सिरोटे हावाका कारण न्यानो हुन सकेको छैन। पौष देखि चैत्र महिना सम्म हिमपात हुने भए पनि अहिले हिमपात भन्ने भएको छैन।
अत्यधिक चिसोले गर्दा साझ विहान वाटो सडकमा मान्छे देखिन्छ छोडेका छन। नावालक विरामी सुत्केरी महिला तथा वृध्दा वृध्दहरुको दिन चैर्या दिन प्रतिदिन कष्टकर तथा पिडादायी हुदै गइरहेको छ।
चिसो वढ्दै गएकोले न्याय लुगा लगाउने तातो झोलिलो खानेकुरा खाने आगो ताप्ने गर्नु पर्छ। कोठा भित्र मकलमा आगो वालेर झ्याल ढोका थुनेमा निसास्सिएर मान्छेको ज्यान पनि जान सक्ने भएकोले कोठा वन्द गरेर मकल हिटर वालेर नसुत्न स्वास्थ्यकर्मीहरुले सल्लाह दिने गरेका छन।
प्रतिक्रिया