जनकपुरधाम-अयोध्या सिधा रेल सेवा सुरु, बालेन-मोदीले गरे उद्घाटन
काठमाडौं । आजबाट जनकपुरधाम-अयोध्या विशेष रेल सेवाको सुरु भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।
भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्नेछ । यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।
भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।
करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया