भ्रष्टाचार मुद्दामा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई २१ वर्षको जेल सजाय

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर १२ १८:५२ बजे
शेख हसिना पुर्व प्रधानमत्री वङ्गलादेश

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचारसम्बन्धी तीन वटा मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।पूर्वप्रधानमन्त्री हसिनाले राजधानी ढाकाको एक उपनगरमा आफू र आफ्नो परिवारका लागि अवैध रूपमा जग्गा बाँडफाँट गरेकोमा अदालतले दोषी ठहर गरेको समाचार संस्था एएनआईले जनाएको छ ।यस्तै अदालतले हसिनाकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई ५–५ वर्षको जेल सजाय सुनाएको छ ।

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले गएको जनवरीमा देशकी अपदस्थ प्रधानमन्त्री हसिना र उनका परिवारका सदस्यहरूविरुद्ध सरकारी जग्गा गैरकानूनी रूपमा बाँडेको आरोपमा ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । बाँकी ३ वटा मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइने खबरमा उल्लेख छ ।

यसअघि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले शेख हसिनालाई सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ ।मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएकी हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशको अन्तरिम सरकारले भारतलाई अनुरोध गरेको छ ।


२०८२ मंसिर १२ १८:५२ बजे

प्रतिक्रिया