टर्कीएले इजरायली प्रधानमन्त्री सहित उच्च अधिकारी विरुद्ध वारेन्ट जारी गर्‍यो

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २३ १५:०३ बजे

टर्किएले इजरायली प्रधानमन्त्री र अन्य केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गरेको छ । हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य केही इजरायली अधिकारीलाई गाजा नरसंहारको आरोपमा वारेन्ट जारी गरेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

इस्तानबुलको प्रमुख सरकारी वकिलको कार्यालयले ३७ जनाविरुद्ध वारेन्ट जारी गरेको खबरमा उल्लेख छ । नेतान्याहू बाहेक इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सैन्य प्रमुख इयाल जामिरलगायतका व्यक्तिहरूविरुद्ध पनि वारेन्ट जारी गरिएको छ ।

टर्कीएको अभियोजकको कार्यालयका अनुसार मानवता विरुद्धको अपराध र नरसंहारलगायत आरोप लगाइएको छ । तर इजरायलले वारेन्टको कडा निन्दा र यसलाई अस्वीकार गरेको छ । हमासले टर्किएको कदमको स्वागत गरेको छ ।एजेन्सी


२०८२ कात्तिक २३ १५:०३ बजे

प्रतिक्रिया