फरार अभियुक्त खगेन्द्र सुनार अदालत हाजिर

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १४ १२:३१ बजे

काठमाण्डौ।   श्रममन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन्।अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार बिहीबार बिहान उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन। उनका अनुसार अदालतमा उपस्थित भएका सुनारको बयानको हुनेछ र सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो। 

अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा गरेको गालीगलौज सहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन्।

कानुन व्यवसायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ।सुनारको बयान ३ नम्बर न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा जारी रहेको र आजै थुनछेक बहस हुने जिल्ला अदालत काभ्रेपलाञ्चोकका सूचना अधिकारी अक्षयकुमार दनुवारले  जानकारी दिएका छन। थुनछेक बहसपछि अदालतले साधारण तारेख, धरौटीमा रिहा गर्न वा थुनामा पठाउन आदेश दिनेछ।

सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन्।


२०८२ कात्तिक १४ १२:३१ बजे

प्रतिक्रिया