कमेडियन अपूर्व क्षितिज सिंह नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको अजुरी परेपछी प्रहरी नियन्त्रणमा

कमेडियन अपूर्व क्षितिज सिंह नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको अजुरी परेपछी प्रहरी नियन्त्रणमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १६:३६ बजे
अपूर्व क्षितिज सिंह

काठमाडौं ।  कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परको छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार  पक्राउ  गरको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले  जनाएका छन् ।  जाहेरी परेपछि सिंहलाई  नियन्त्रणमा लिएको जाहेरीअनुसार अनुसन्धान अघि  बढाइएको उनले बताएका छन् । 

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए। अभियन्ताहरू शनिबार नै परिसरमा पुगेर उनीमाथि कारबाही गर्न माग गरेका थिए।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालेका थिए। जसले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन्।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन्।यस्तै उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए। भिडिओमार्फत् पनि उनले माफी मागेका थिए।

२०७९ भदौ १२ १६:३६ बजे

प्रतिक्रिया