सँसद विघटन विरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २९ ०७:५१ बजे

काठमाडौँ। सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै  सँसद विघटन विरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् ।

गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको थियोे । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि सँसद विघटन विरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सँसद विघटन विरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस गरिएकामा दर्ताका लागि अध्ययन भइरहेको छ ।

यही असोज २६ गतेको प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट)ले आजदेखि रिट निवेदन दर्ता एवम् सुनुवाइ गर्ने निर्णय गरेको थियो ।



२०८२ असोज २९ ०७:५१ बजे

प्रतिक्रिया