इजरायलको आक्रमणमा गाजामा थप ८१ जना मारिए

इजरायली दादागिरी र अन्याय गाजा माथि जारी

bimbonline बिम्ब अनलाइन
२०८२ भदौ ५ १३:२१ बजे

इजरायली आक्रमणमा गाजामा कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र, गाजा सहर कब्जा गर्नको लागि आफ्नो योजनाबद्ध आक्रमणको पहिलो चरण शुरु गरेको जनाएको छ । त्यहाँ झन्डै १० लाख मानिस सङ्कटपूर्ण परिस्थितिमा रहेका अल जजिराले जनाएको छ ।

आज मात्रै तीन जना प्यालेस्टिनी नागरिकको भोकमरीका कारण ज्यान गएको छ । योसँगै भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ६९ पुगेको छ, जसमा एक सय १२ जना बालबालिका पनि छन् ।इजरायली आक्रमणमा दक्षिणी गाजामा विस्थापित प्यालेस्टिनीहरू बसोबास गरेको टेन्टमा गरिएको हवाई आक्रमणमा तीन जनाको ज्यान गएको छ ।


२०८२ भदौ ५ १३:२१ बजे

प्रतिक्रिया