तीजको गीत - देशको अवस्था

bimbonline रुपा धिमिरे पौडेल
२०८२ भदौ ३ १४:१० बजे
रुपा पौडेल धिमिरे

 भारत। चेन्नै


दिदी बहिनी दाजु भाइको एउटै रहोस भावना

नारी पर्व तीजको शुभकामना

चाडपर्व शुरू भयो तीज आयो सबैलाइ

विदेशमा चेली रून्छीन सम्झी आमालाई

युवाहरू सबै विदेश गाउँघर सुन्नै छ

विदेश धाउन नपरेत देश बन्नेछ

रोकौ अव विदेश जान हाम्रो देशका युवालाई

सबै मिलि गरौ विकास रोजगार पाउनलाई

 

नेपालमा आपत विपत किन धेरै आको छ

रोग शोक भोकले हृदय रोको छ

रगत र पसिना बगेको छ खाडीमा

कति जना परेहोलान वाढी पैरोमा

 

पर्यटन र जलश्रोत नेपालको सम्पति

युवा शक्ति नभई हुन्न देशको उन्नती

विचौलीया भ्रष्टचारी जहिले पनि मस्तीमा

महंगीले आकाश छोयो जनता सास्तीमा

 

दुःख गर्ने कृषक जती ऋणले परेशान

पहुँचवला झोलेले पाउछन अनुदान

सँस्कृति र कला हाम्रो त्यसै नास हुन्छनकी

भावी पुस्ता यहि कुरालाइ सम्झी रून्छनकी

सबै मिली गर्नु पर्छ यो देशमा चमत्कार

हस्त विदा हुन्छौ हामी सवैलाइ नमस्कार



२०८२ भदौ ३ १४:१० बजे

प्रतिक्रिया