तीजको गीत – सगुन र दरको चलन

bimbonline देवि रिजाल
२०८२ साउन ३२ ११:३३ बजे
देवि रिजाल

भारत,चेन्नै

बाबाले जुटाउनी आमाले पकाउनी

तीजमा दिदी लिनलाइ भाइलाइ पठाउनी

तीजमा दर हाम्ले खिर खट्टे खानी हो

बर्ष दिनको अत्यार मेट्न माइत जानी हो।

 

आज भोली दरको नाममा माछा मासु पकाउने

चुरोट र रक्सी पिई उन्मात मच्चाउने

खर्चीलो र भड्किलो तीज हामी नमनाउ

बिकृती र बिसंगती जरैवाट मेटाउ।।

 

तीजको दर खानलाइ पार्टी प्यालेस बुक गर्नी

महिना भरी दर खाई ऋण लगाउनी

तीजको नाममा दर खादा जथाभावी नगरौ

समाज र सँस्कृतिको ईज्जत बचाउ।

 

फेसबुकमा भाइरल हुन छाडा नाचगान देखाउछन

कलंकितले नारीको ईज्जत मेटाउछन

मर्यादा र मान सम्मानको सिमा क्रस गर्दछन

दरको नाममा संस्कारको धज्जी उडाउछन।।

 

पुरानो रीतिरीवाज बर्त बस्ने चलन

दिर्घायु र राम्रो बरको माग्छन बरदान

मागेर होईन अब सक्षम हामी बन्नु छ

बर माग्ने बर्त बस्ने चलन फेर्नु छ।

 

बुहारीको माइतबाट सगुन ल्याउने चलन

महंगो सगुन हिसाव गरी गर्छन सम्मान

दाइजो र सगुनको हिसाब हामी नराखौ

धनि गरिव छुट्टाएर भेदभाव नगरौ।

 

महंगो दर र सगुनले तीजको मर्म बुझ्दैन

प्रगति र संस्कारले स्थान पाउदैन

रातो सारी चुरा पोते संवृधिका निशान

नारी जाती शसक्तिको चलाउ मिशन।।


२०८२ साउन ३२ ११:३३ बजे

प्रतिक्रिया