भारत पाण्डिचरी।
तिजको बेला भेट हाम्रो भाछ
भेटभाको बेला नाचौं है छम छमि
हिजो र अस्ति कामैमा सास्ती
आज त हामी बिश्रम बसौं है।
बिहानै उठी चुलो र चौको
दिन भरी हामी बन र पाखामा
आज त हामी बसौं है सैं-साथी
माइती त्यो हाम्रो गाउँ र ठाउँमा
खेलेका हामी को को पो छौँ र?
आज त हामी त्यहीँ कुरा गरौंना।।
कोहि भए डाक्टर कोही भए पाईलट
हामी त अझै खेत वारि मेलामा
ढिकि जातो अझैनि खाचो खोलेर सिस्नो
आज त हामी यहीँ गित गाउँने हो।
कोही गए जापान
कोही गए हङकङ
हामी त आज खेत र बारीमा
राष्ट्रका नारी कोही भय मन्त्री हामी त अझै कुटो र कोदालो
राष्ट्रको लागि लडेकी नारी आज त उनी ती चिल्ला गाडीमा
हिजो त भन्थिन गुन्द्री र चटाई आज त उनी सोफा र कुर्सीमा
हामी त आज यहीँ भनी नाच्ने हो ।।
भाषण गर्दा महिला र मुक्ति सत्तामा पुग्दा त्यहीँ ठुलो कुर्सी
आज त हामी यहीँ गित त गाउँने हो
मंचमा बोल्दा सम्मान छ
घरमा आउदा जनजाति भन्ने हो ?
आज त हामी यहीँ भनी नाच्ने हो
सफत गर्दा सम्मान हौं
घरमा आउदा दलित भन्ने हो ?
आज त हामी यहीँ गित त गाउँने हो
दिदि र बहिनी दाजु र भाइ
अब त हामी नगरौं भेदभाव
देशको लागि रगत दिउला
अब त हामी सचाईमा लागौंन
क्रान्तिको बाटो कठिन छ यहाँ
कठिन लाई चिर्दै हिडौनअगाडि ।
पुर्व पश्चिम उत्तर र दक्षिण आज त हामी मिलेर नाचौंन
शक्तिका लागि एकभै उठौंन।।
प्रतिक्रिया