भारत, चेन्नै।
हाम्रो खुन र पसिनामा गरिराछन शासन
रेमीट्यान्सको भरमा गर्छन भाषन
हाम्रा देशका युवाहरू अरबको खाडीमा
हिड्छन देशका भ्रष्टनेता चिल्ला गाडीमा।
हुने छैन देशका युवा चुपलागि बसेर
उठ्नु पर्यो युवा जति कम्मर कसेर
भ्रष्टचारी नेताहरू कुर्ची मात्र हेर्दछन
कुर्ची पाए नेताहरू देशै बेच्दछन।।
हाम्रो देशका युवाहरू धेरै जसो विदेशमा
एमसिसि र संघीयता लाए नेपालमा
गठवन्धन सरकारको लडाइ मात्र देखिन्छ
कति वेला नेपालको नामै मेटिन्छ।
हाम्रो देशमा रोजगार नपाइ विदेशमा आएको
संघीयताको नाममा देशलाइ खान लाएको
मदेशी र पहाडी नबनाइदेउ हामीलाइ
सिंगो नेपाल चाइएको छ हामी सबैलाइ।।
दिन दिनै देशका युवा विदेशीको गुलामी
गाउँमा मान्छे मोर्दै छैनन जानी मलामी
हामी सबले सोच्नु पर्छ छाती बनाइ विशाल
उठौ अब जागौ हामी फर्कौ नेपाल
यति भन्दै बन्द गर्छु यो मेरो कलम
यो गीतको अन्त्य सवैलाई लाल सलाम।।
प्रतिक्रिया