गाजामा इजरायली आक्रमणमा परी पाँच जना पत्रकार मारिए

bimbonline बिम्ब अनलाइन
२०८२ साउन २७ ११:४३ बजे

गाजा अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणामा परी पाँच जना पत्रकार मारिएका छन् ।अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएको बीबीसीले जनाएको छ ।

मारिने पत्रकारहरूमा अल जजीराका सम्वाददाता अनस अल सरिफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जाहेर, मोआमेन अलिवा र उनीहरूका सहायक मोहम्मद रहेको अलजजिराले पुष्टि गरेको छ ।

पत्रकार शरिफले गाजा शहरभित्र तीव्र इजरायली बमबारी भइरहेको रिपोर्टिङ गरिरहेको भिडियो सार्वजनिक भएका छन् ।कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार सन् २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही शुरू भएयता १ सय ८६ पत्रकारहरूको ज्यान गइसकेको छ । 


२०८२ साउन २७ ११:४३ बजे

प्रतिक्रिया