गित - विदेशी भूमिबाट नेपाली चेलीको विलौना

bimbonline सुनिता वस्याल
२०८२ साउन २४ ११:२० बजे
सुनिता वस्याल

 भारत चेन्नै।

उत्तर बाट बादल आउदा उत्तर तिरै नजर

मात्रीभूमि नेपालको सोध्छु खबर

गाउँको पानी नदी हुदै आउछ सागर भेटन

सागर छेउमा बसी रून्छु याद मेटन।


भिषा आयो विदेश जान हवाइ जहाज चढियो

विदेशमा पुगे पछि हामी ठगियो

गाउँघर छोडेर विदेशको शहर

कहिले पुग्ला गरिवको मनको रहर।।


बालबच्चा राम्रो संग पढालेखाई गराउन

विदेश तिर लागियो पैसा कमाउन

मालिकनी र मालीकको टर्चर हामी सहेर

कति बसौ विदेशमा एक्लो भएर।


धनपैसा कामाउन छैन कतै सजिलो

ऋणको भारले जिन्दगी भयो वोजिलो

ऋणबाट मुक्त हुन विदेशमा पुगियो

गरिवको साहरा हुन्न बल्ल बुझियो।।


आमा बाउले अर्थी दिदा पढ्न लेख्न मानिन

विदेशमा काम गर्दा वोल्न जानिन

पढाइलेखाइ ठूलो रहिछ पढ्नु पर्छ नारीले

अज्ञान्ताको पर्दा अव तोडौ हामीले।।


भिजिट भिषामा मजदूर विदेश पठाउने

सरकारको धन्दा रहेछ पैसा कमाउने

जनताको सुरक्षा र सुशासनमा सरकार

सरकारलेनै गर्न थाल्यो मानव तस्कर।।


चेलीको पिडा मर्म यो सरकारले बुज्दैन

बहुविवाहको कानुन ल्याउन दिनुहुदैन

सरकारलाइ सचेत बनाउ गल्ती गरे खबरदार

उठौ चेली बनौ सबै हामी साक्षात्कार


२०८२ साउन २४ ११:२० बजे

प्रतिक्रिया