डडेल्धुरा । डडेल्धुरा जिल्ला अदालतमा आ.व. २०८१ र २०८२ मा जम्मा २७८ मुद्दा रहेकोमा अदालतले यहि असार मसान्त सम्म अँङक पुगेका २२९ मुद्दाको जिल्ला न्यायधिस रामचन्द्र शर्माको इजलासले फैसला गरेका छन। प्रमाण वुझ्न वाँकी रहेका नयाँ मुद्दामा अङ्क नपुगेको हुदा ४९ मुद्दाको दायित्व यो आ.व.का लागी सरेर आएको अदालतका श्रेस्तेदार दामोदर रेग्मीले वताएका छन।
अदालतमा सवै भन्दा वढी मुद्दा श्रीमान र श्रीमतिको नाता सम्वन्ध विच्छेद मुद्दा ९० जवरजस्ती करणीका १८ लागु औषधका १४ सवारी ज्यानका १० वैङ्क कसुरका १० वाकि अन्य मुद्दा दर्ता भए थिए। व्यक्तिवादी देवानी मुद्दा १३५ मध्ये १०६, दुनियावादी फौजदारी मुद्दा २५ मध्ये २१, सरकारवादी फौजदारी मुद्दा ११५ मध्ये ९९ र रिट निवेदन ३ मध्ये ३ वटा नै फस्यौट भएको श्रेस्तेदार रेग्मीले वताएका छन।
डडेल्धुरा जिल्ला अदालतले विषेश प्रकृतिका निवेदन सँरक्षक प्रमाणित, मृत्यको घोषणा प्रमाणित, अधिकृत वारेसनामा प्रमाणित, कोट म्यारिज प्रमाणित र कैद मिनाहा जस्ता विशेष प्रकृतिका निवेदनहरुको काम पनि सम्पादन गरेको वताइन्छ।
डडेल्धुरा जिल्ला अदालतमा सवै भन्दा वढी मुद्दा सम्वन्ध विच्छेदका मात्र किन परेका छन भन्ने जिज्ञासा डडेल्धुरा जिल्ला अदालत वार एकाइका पुर्व अध्यक्ष एव २५ वर्ष देखि निरन्तर कानुन र न्यायको क्षेत्रमा काम गर्दै आउनु भएका अधिवक्ता लालवहादुर जाग्री सँग राख्दा उमेर नपुगी विवाह हुनु, विवाह लगतै केटा वा केटी सँ-सँगै लामो समय सम्म वस्न नपाउदै वैदेशिक रोजगारमा जानु, सामाजिक सञ्जालको दुरउपयोग हुनु सँयुक्त परिवार खण्डित भएर एकल परिवार हुनु, कानुनी सचेतना वढ्नु र कानुन व्यवशायीहरुको गलत सल्लाहका कारण सम्वन्ध विच्छेदका मुद्दा वढ्न गएको उहाँले वताएका छन।
लोग्ने –स्वास्नी विचमा केहि असझदारी भए उनीहरु विच मानोछुट्टी भिन्न- भिन्न वस्न पाउने, अँशवण्डा गरि अलग – अलग वस्न सकिने कानुनी व्यवस्था हुदा हुदै केहि अधिवक्ताहरुले यि विकल्पको प्रयोगका लागी सेवाग्राहि लाई सल्लाह नै नदिइ सिधै सम्वन्ध विच्छेदका मुद्दा दर्ता गर्न लगाई सेवाग्राहि लाई गलत सल्लाह दिने गरेको हुदा सम्वन्ध विच्छेदका मुद्दा वढी भएको अधिवक्ता जाग्रीले वताएका छन।
प्रतिक्रिया