काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जून ९ तारिखदेखि १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन्। केही देशका नागरिकलाई अमेरिका यात्रामा आंशिक प्रतिबन्ध लगाएका छन् ।
ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका हुन्।यात्रामा प्रतिवन्ध लगाईएका देशमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।
यसैगरी बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायत अन्य सात देशका नागरिकलाई पनि अमेरिका यात्रामा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ।
अमेरिकाले अमेरिकीहरूलाई खतरनाक विदेशी तत्त्वबाट जोगाउन यस्तो प्रतिबन्ध लगाइएको बताएको छ।प्रतिबन्ध जुन ९, सोमबारदेखि लागु हुने अमेरिकाले जनाएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१७ मा पनि यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया