माओवादीका उपाध्यक्ष सापकोटा विरुद्ध प्रहरी अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ २२ १९:१० बजे

काठमाण्डौ । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ ।

संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो ।


२०८२ ज्येष्ठ २२ १९:१० बजे

प्रतिक्रिया