परराष्ट्रमन्त्री डा राणा हङकङमा

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ १६ ११:४३ बजे

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज हङकङ पुगेकी छन् । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  गएराति हङकङ प्रस्थान गरेको मन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । 

जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदैछ । सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।  

मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता हुनेछ । परराष्ट्रमन्त्री डा राणा आगामी शनिबार स्वदेश फर्कीने कार्यक्रम रहेको छ ।


२०८२ ज्येष्ठ १६ ११:४३ बजे

प्रतिक्रिया