चिनियाँ नेता सियाओ जी काठमाण्डौमा

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ २ १२:३७ बजे

काठमाण्डौ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ काठमाण्डौमा हुने सगरमाथा संवादमा सहभागी हुन १५ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनुभएको हो ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग र उपसभामुख इन्दिरा राना मगरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाण्डौमा हुँदैछ । चिनियाँ प्रतिनिधिमण्डल जेठ ३ गते दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ


२०८२ ज्येष्ठ २ १२:३७ बजे

प्रतिक्रिया