बेलायतको ह्याम्पसायरस्थित एम्पायर हल, अल्डरसटमा चैत्र १८ गते २०८१ का दिन ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को केन्द्रीय जानकारी सभा सभ्य र भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा करिब ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सभाको सञ्चालन खड्गजंग आंबोहाङले गर्नुभयो भने अध्यक्षता संगठनका कार्यवाहक अध्यक्ष दिलकुमार सम्बाहाङफेले गर्नुभयो। कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष रविन्द्र तुम्बाहाङफेले व्यक्त गर्नुभयो।
कार्यक्रममा हेल्थ तथा सेफ्टी सम्बन्धी जानकारी संगठनका सचिव थानकुमार लिम्बुले प्रस्तुत गर्नुभयो। त्यसपछि संगठनका अध्यक्ष दिलकुमार सम्बाहाङफेले संगठनको विषयमा विस्तृत जानकारी दिनुभयो।
मुख्य अतिथि तथा बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफ्नो मन्तव्य राख्दै अहिलेसम्मका गतिविधि, उपलब्धि र आन्दोलनको सन्दर्भमा महत्वपूर्ण जानकारी दिनुभयो। उहाँले राष्ट्रिय स्वाधीनता, श्रम शोषण, मानव अधिकार, शिक्षा, असमान सन्धि सम्झौता, बालश्रम र पहिचानका विषयमा स्पष्ट धारणा राख्नुभयो। विशेष रूपमा, सेनामा पठाइएका गोर्खा सैनिक र तिनका परिवारका वंशजहरूको नैसर्गिक अधिकारको कानुनी प्रक्रिया र आन्दोलनबारे प्रस्ट पार्नुभयो। साथै, एनआरएनको वैधानिकतामाथि पनि उहाँले प्रश्न उठाउनुभयो।
सुभकामना मन्तव्य अतिथि दीपक साहिजले दिनुभयो भने संगठनका सल्लाहकार खगेन्द्र पाठकले संगठनको योगदानबारे चर्चा गर्नुभयो। धन्यवाद ज्ञापन तथा पाहुना सत्कारको जिम्मेवारी संगठनका केस श्रीहोमा पाहिम र मुन्नी राई आंबोहाङले सक्रिय रूपमा निर्वाह गर्नुभयो।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरूले सबैलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा थप सक्रियता र एकताको सन्देश व्यक्त गरेका छन्।
प्रतिक्रिया