डडेल्धुरा वार द्धारा जिल्ला न्यायधिश वालकृष्ण वाग्लेको स्वागत

वारध्दारा जिल्ला न्यायधिस वालकृष्ण वाग्लेको स्वागत

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १० २२:१६ बजे
जिल्ला न्यायधिस वालकृष्ण वाग्ले
डडेल्धुरा ।  वारा  जिल्ला अदालत को जिल्ला न्यायधिश पदवाट सरुवा भइ डडेल्धुरा जिल्ला अदालत को न्यायधिशमा  पदवहाल ग्रहण  गरेका माननिय जिल्ला न्यायधिश वालकृष्ण वाग्लेको जिल्ला अदालत वार एकाइले  आफ्नो वार भवनको सभाहलमा स्वागत अभिनन्दन गरीएकाे कुरा वार सचिव अधिवक्ता ओम प्रकाश साउँदले बताएका छन् ।  जिल्ला अदालत वार एकाइ का अध्यक्ष अधिवक्ता पुष्पराज जोशी को अध्यक्षता र सचिव अधिवक्ता ओम  प्रकाश साउद ले सन्चालन गरेको  सवागत तथा अभिनन्द कार्यक्रममा वारका निवर्तमान अध्यक्ष अधिवक्ता लाल वहादुर जाग्री ,अधिवक्ता हरि प्रशाद भट्टले न्याय सम्पादन छिटो छरितो पारदर्शि र निष्पक्ष भएमा अदालत प्रति जनविश्वाश को वृध्दिहुने छ भन्ने आशा व्यक्त  गरेका छन् ।

कार्यक्रमा जिल्ला न्यायधिवक्ता मोहनी राज जोशीले पनि सरुवा भइ  आएका माननिय जिल्ला न्यायधिश लाइ स्वागत गर्नु भयो।

माननिय जिल्ला न्यायधिश वालकृष्ण वाग्ले ले न्याय सम्पादन तथ्य, प्रमाण ,नजिर र कानुनका आधारमा न्यायिक विवेक पुर्याएर गर्दा न्याय र अदालत प्रतिको जनआस्था वृध्दी हुने र न्यायसम्पादनको नेतृत्व अदालतले गरेपनि यसमा वारआवध्द अधिवक्ताहरु  ,जिल्ला न्यायधिवक्ता , अपराध अनुसन्धान अधिकारीको पनि इमान्दार भुमिका रहनु पर्ने कुरा वताउनु भयो। उपस्थिति अधिवक्ताहरुले फुलमाल ले सरुवा भइ आउनु भएको माननिय जिल्ला न्यायधिशको स्वागत अभिन्दन गर्नु भयो।

२०७९ भदौ १० २२:१६ बजे

प्रतिक्रिया