रुसी आक्रमणमा परी २५ युक्रेनीकोे मृत्यु

रुसी आक्रमणमा परी २५ युक्रेनीकोे मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १० ०८:०८ बजे
युक्रेनको पश्चिमी सहर च्याप्लिनमा रुसी आक्रमणमा ध्वस्त भएका संरचनाअगाडि उभिँदै एक यु्क्रेनी महिला । तस्बिर : रोयटर्स

 काठमाडौं । युक्रेनको रेल स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन पूर्वी सहर च्याप्लिनमा आक्रमणमा भएको हो । 

युक्रेनको पश्चिमी सहर च्याप्लिनमा रुसी आक्रमणमा ध्वस्त भएका संरचनाअगाडि उभिँदै एक यु्क्रेनी महिला । तस्बिर स् रोयटर्स

आक्रमणका कारण ५ जनाको सवारीसाधनभित्रै जलेर मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । आक्रमणमा दुई जना ६ र एक जना ११ वर्षीय बालकले पनि ज्यान गुमाएका बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा आक्रमणबारे जानकारी दिएका थिए । उनका अनुसार आक्रमणमा ३१ जना घाइते भएका छन् ।

परिषदमा बोल्ने तयारी गरिरहेको बेला च्याप्लिनमा गरिएको आक्रमणबारे थाहा पाएको बताउँदै जेलेन्स्कीले ‘चारवटा यात्रुवाहक सवारीसाधनमा आगलागी भएको’ बताए । मृतकहरूको संख्या बढ्न सक्ने जेलेन्स्कीको भनाइ छ ।

रुसी भने युक्रेनी सेनाको रेललाई लक्षित गरी आक्रमण गर्दा करिब दुई सय युक्रेनी सुरक्षाकर्मी मारिएका दाबी गरेको छ । ‘चाप्लिन स्टेसनमा सैनिक रेललाई लक्षित गरी स्कन्दर क्षेप्यास्त्रबाट गरिएको आक्रमणमा युक्रेनी सशस्त्र फौजका दुई सय जनाभन्दा बढी सदस्य र १० वटा सैन्य सामग्री नष्ट भएका छन्,’ रुसी रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एजेन्सी 

२०७९ भदौ १० ०८:०८ बजे

प्रतिक्रिया