क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन वाट निर्वाचित नयाँ केन्द्रिय समितिको दोस्रो पुर्ण वैठकले देशभरी जनसम्वन्ध विस्तार अभियान सञ्चालन गर्ने योजना पारित गर्दै यसलाई यहि चैत्र १ गते देखी २०८२ वैशाख १९ गते मे दिवश सम्म ४५ दिने लम्वे अभियान मध्य पहाडी लोकमार्गको पुर्वमा चुवाभन्ज्यङग पश्चिमको झुलाघाट र पुर्व-पश्चिम तराइ लोकमार्गको पुर्वमा काँकरभित्ता र पश्चिमको गड्डाचौकी गरि देशका चार स्थान वाट एक दिन( चैत्र १ गते) जनसम्वन्ध विस्तार अभियानको उदधाटन गरिने भएकोछ। नेपालको राजनितिक इतिहासमा यसरी पुर्व-पश्चिम, पश्चिम- पुर्व दुवै लोकमार्ग लाई आधार वनाएर फरक फरक समयमा विभिन्न पार्टी्सँगठनले अलग-अलग मार्गमा अभियानको कार्यक्रम गरे पनि देशको मध्ये पहाडी लोकमार्गको पुर्व-पश्चिम , तराई लोकमार्गको पुर्व-पश्चिम वाट एकैदिन उद्धाटन गरेर काठमाण्डौमा केन्द्रित हुने गरी जनसम्वन्ध विस्तार अभियान सञ्चालन गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मात्र पहिलो पार्टी हो।
पहाडी लोकमार्गको पुर्वि पहाडीखण्ड चुवाभन्ज्याङ टोली न. १ को नेतृत्व क. राजविरले गरेर उक्त टोली देशका १४ जिल्ला पाँचथर तेहथुम धनकुटा भोजपुर खोटाङग,सिराहा धनुषा महोत्तरी सर्लाही रौतहट वारा पर्सा मकवानपुर ललितपुर गरी प्रत्येक जिल्लामा सरदर तिन\दिन १४ जिल्लामा ४५ दिन सम्म निरन्तर अभियान सञ्चालन गर्दै काठमाण्डौमा २०८२ वैशाख १९ गते मे दिवश तथा पार्टी एकता घोषणा भएको दिन आइपुग्ने छ। मध्यपहाडी लोकमार्गको पश्चिम टोली न. ४ को नेतृत्व क. सुदर्शनले गरेर उक्त टोलीले चैत्र १ गते वैतडीको झुलाघाट वाट अभियान शुरु गरेर देशका १४ वटा जिल्ला वैतडी डडेल्धुरा डोटी अछाम दैलेख सुर्खेत दाङ्ग प्युठान अर्धाखाची कपिलवस्तु रुपन्देहि नवलपरासी नवलपुर चितवन धादिङ्ग हुदै काठमाण्डौ वैशाख १९ गते पुग्ने छ। तराइ लोकमार्गलाई आधार वनाएर कञ्चनपुरको गड्डाचौकी वाट चैत्र १ गते टोली न.३ को नेतृत्व क. कुमुदले गर्दै १३ जिल्ला कञ्चनपुर कैलाली वर्दिया वाँके सुर्खेत जाजरकोट रुकुम वाग्लुङ्ग पर्वत कास्की तनहुँ लमजुङग गोर्खा नुवाकोट हुदै वैशाख १९ गते काठमाण्डौ पुग्ने छ। देशको पुर्वितराई खण्डको झापाको काकरभित्ता वाट टोली न. २ को नेतृत्व क. प्रतिकले गर्दै देशका १३ जिल्लाहरु झापा मोरङ्ग सुनसरी उदयपुर सप्तरी सिराह ओखलढुङ्गा सिन्धुली रामेछाप दोलखा सिन्धुपाल्चोक काव्रे भक्तपुर हुदै वैशाख १९ गते काठमाण्डौमा आइपुग्ने छ। काठमाण्डौमा २०८२ वैशाख १९ गते चारवटै टोली सहित विशाल जनसभा परिणत भएर जनसम्वन्ध विस्तार अभियानको समापन हुनेछ।
देशमा क्रान्तिकारी आन्दोलन कमजोर भएको अवस्थामा क्रान्तिकारी पार्टीहरुको साँगठनिक अवस्था पनि न्युन रहेको स्थितिमा जनताका माझ पार्टी जानुको विकल्प थिएन । सँगठनको आकार छाता प्रकारको वा केन्द्रिय समिति ठुलो तर जनवर्गिय सँगठन , मोर्चा, पेशागत सँगठन नाममात्रका आफै कुनै गघिविधि गर्न नसक्ने अवस्थामा र व्युरो जिल्ला सँगठनमा पनि नाम सम्म भएको तर तिनको वैचारीक साँगठनिक सँघर्ष उठान गरेर हजारौ हजार जनता परिचालन गर्ने क्षमता दक्षता ल्यागेत नभएको जिल्ला स्तरमा पनि जनवर्गिय सँगठन मोर्चाका भुमिका प्रभावकारी हुन नसकेको परिस्थिति जिल्ला भन्दा तल एरिया नगर गाउँपालीका वार्ड गाउँ टोल क्याम्पस विधालय कारखाना समुदाय माझ सँगठन नपुगेको अवस्थामा क्रान्तिका लागी हजारौ हजार सँगठनमा लाखौ लाख जनतालाई गोलवन्द गर्ने आवश्यकता महशुस गरेर पार्टीले देशका दुई तिहाइ भु-भागमा एकै पटक चार टोलीले चारै दिशावाट ४५ दिने जनसम्वन्ध विस्तार अभियान निरन्तर सञ्चालन गरिने भएकोछ।
अभियानमा केन्द्रिय टोलीले जिल्ला-जिल्लामा सरदर ३\३ दिन कार्यक्रम गर्ने छन। केन्द्रिय टोली अर्को जिल्ला गए पछि सो जिल्लामा जिल्ला पार्टीले निरन्तर ४५ दिन अभियान सञ्चालन गर्ने छन। अभियानका क्रममा साना (चुलो, चौतारी चियापसलमा कोण सभा ) ठुला कार्यक्रममा सभा न्याली जुलुस अन्तक्रिया, टिभि रेडियो एफएम प्रिन्ट वा अनलाईन पत्रिकामा सुचना विज्ञापन अन्तक्रिया लाईफ प्रसारण समेतका कार्यक्रम गर्न सकिने छन। जहाँ जनता त्यहाँ पार्टी पुग्ने निति अन्तर्गत जनता खेतमा विधालयमा मिल कारखाना वा कार्यस्थलमा वा विवाह वर्त मेलापात वा जहाँ छ त्यही गएर कार्यकर्ताले पार्टी विचारलाई जनता सँग राखेर सदस्यता दिई एक जना देखि लिएर जति जना सम्मको सम्भव हुन्छ कमिटी निर्माण गरेर सम्वन्धित जिल्ला पार्टीलाई वुझाउनु पर्नेहुन्छ। केन्द्रिय टोली अर्को जिल्लामा गएपछि जिल्ला पार्टीले जिल्ला भरीका नगर\र्गाउँ\ वार्डमा यस्तै प्रकारका कार्यक्रम निरन्तर २०८२ वैशाख १९ गते सम्म सञ्चालन गर्नुपर्ने हुन्छ।
देशको दुई तिहाइ भु-भागमा एकै पटक सञ्चालन हुन गइरहेको जनसम्वन्ध विस्तार अभियानमा केन्द्रिय टोलीहरुले एकदिनमा सरदर पाँचहजार जनता सँग भेटघाट गर्नसकेमा प्रन्ध हजार जनता सँग जिल्लामा एउटा टोलीले प्रत्येक्ष भेटघाट गरेर पार्टी विचार प्रवाह गर्न सकिने छन। चार वटै केन्दिय टोलीले ४५ दिने अभियानको क्रममा करिव २८ लाख जनता सँग प्रत्येक्ष र रेडिया टिभि एफएम सामाजिक सञ्जाल प्रिन्ट वा अनलाईन पत्रिकाका माध्यम वाट अप्रत्येक्षरुपमा करौडौ जनता समक्ष पार्टीका धारण पुर्याउन सकिनेछ। साथै जिल्ला पार्टीले प्रत्येक दिन ५ सय व्यक्ति सँग प्रत्येक्ष भेटघाट गरेमा ४५ दिनमा ५४ वटा जिल्लामा करिव १२ लाख जनतासँग प्रत्येक्ष र लाखौ लाख जनता सँग अप्रेत्यक्षरुपमा गरी ४५ दिने अभियानका क्रममा करिव ४० लाख जनतासँग प्रत्येक्ष भेटघाट गरि त्यसको दश प्रतिशत जनतालाई मात्र पार्टीमा भर्ना गर्न सकेमा यो अभियान वाट चालिस हजार नयाँ व्यक्तिहरुलाई पार्टीको वरिपरी गोलवन्द गर्न सकिने प्रवल सम्भावना अभियानले वोकेको पाईन्छ।
चालिस हजार नयाँ व्यक्ति सँगठित गर्नका लागी केन्द्रिय र स्थानिय टोलीमा सहभागीहरुको कार्यक्षमता दक्षता कार्यकुशलताका आधारमा कार्यविभाजन गरि टोलीका सहभागीहरुमा टिम स्प्रिटमा मिल्नुका साथै क्रान्ति पार्टी जनताप्रति अगाध विश्वास आशा भरोसा हुनु जरुरीछ। जसलाई क्रान्ति प्रति आशा भरोसा विश्वास हुदैन उ भौतिकरुपमा सहभागी भएपनि दृढतापुर्ण कामको जिम्मेवार पुरा गर्न सक्दैन । विभिन्न वहानावाजी गलत झुठ रिपोट तथा टालटुलेकाम मात्र गरेर आउने छ। अभियान विकट वस्तीमा रहेका किसान सुकुम्वासी मजदुर विधार्थी युवा महिला दलितका माझमा सञ्चालन गरिने भएकोले अवश्यपनि सुविधायुक्त सहज सजिलो मनोरञ्जनात्मक हुने छैन। कयौ अफट्यारा असहजता कठिनाइका पहाडहरु सँग अभियानले जुध्नुपर्ने छ। पद पैसा प्रतिष्ठा प्रचारका लागी मरिहत्य गर्ने, पार्टीको आवश्यकता भन्दा आफु अनुकुलताको जिम्मेवारी र कार्यक्षेत्रमा मात्र जाने, चिया गिलासमा क्रान्तिको तुफान सृजना गर्ने प्रवृतिका लागी गाउँवस्तीका ओकाली ओराली कहिले भोक्कै तिर्खौ अनिदै हिड्न गाह्रो अफट्यारो भए पनि हिडेर सँगठन निर्माण गर्नै पर्नेहुन्छ। मासु खानु छ भन्ने रगत वगाउनै पर्छ मासु चरा कुखुरा माछा खसी वोका रागा वगुर जे को खाए पनि रगत विनाको मासु हुदैन त्यसैगरी क्रान्ति गर्नका लागी क्रान्तिकारी पार्टी निर्माण गर्नेहो भन्ने सँघर्षको मैदानमा आएका जस्तासुकै वाधा अवरोधको सामना गरेर मात्र हामी अगाडी वढ्न सक्छौ। निराशा सँकृर्णता कुण्ठा प्रतिशोध रिस डाहाले हामीलाई निष्कृय पयालयन तथा क्रान्ति प्रति विमुख हुने ठाउँमा पुर्याउनेछ। आशा विश्वास भरोसाले हामीलाई क्रान्तिको वाटोमा दृढताका साथ अगाडी वढ्न मदत गर्नेछ। निश्चित पनि अभियानले पार्टी जिवनमा नयाँ आशा भरोसा र विश्वासको सन्देश प्रवाह गर्नेछ।
केन्द्रिय टिमका सहभागीहरुले कम्तिमा १४ वटा जिल्ला तराइ-पहाडका हेर्न धुम्न पाउने छन। अभियानको मुल उदेश्य राजनितिक विचारको प्रवाह र सँगठन निर्माण भएपनि सँ-सँगै नयाँ नयाँ ठाउँ वस्तीका विभिन्न सँस्कृति सँस्कार वोकेका जनतामा माझ हामी जाने भएकोले उनिहरुको जिवनशैली सँस्कृति कला ज्ञान सिपको नजिक वाट अध्यायन गर्न र टिमकै कामरेडहरुको एक अर्का सँग भएको ज्ञान सिप क्षमता पनि हेर्नै सिक्ने राम्रो कुरा लाई आत्मासाथ गर्ने सुवर्ण अभियान वाट अवसर प्राप्त हुनेछ। जनता माझ जाउँ जनता वाट सिकौ र जनतालाई नै दिउँ भन्ने कुरा अभियानले व्यवहारतः पुष्टि गर्नेछ। केन्द्रिय र स्थानिय टीममा नपरेका परेको भए पनि अभियानमा विविध कारणले हिड्न नसकेका कामरेडहरुले जनसम्वन्ध विस्तार अभियानको ज्ञान अनुभव र अनुभुती प्राप्त गर्ने सक्नै छैन्न। आफु लाई अझ खदिलो तरिकाले खार्ने तिखो वनाउने अवसर गुमाउने छन।
अभियानको क्रममा स्थानिय जनसरोकारका विषयहरु पनि उठान गर्नुपर्ने हुन्छ। जुन मुद्दा स्थानिय जनताको प्रत्येक्ष सरोकार रहन्छ तथा प्रभावित पनि गर्छ।वैतडीको झुलाघाटको टोली न. ४ले मध्ये पहाडी लोकमार्गका जिल्लामा वसाइ सराइका कारण गाउँ विधालय रित्तिएको ,जग्गा घर वाझा भएका , किर्षि अनुदान वास्तविक जनताले नपाई काग्रेस एमाले माकेका झोले कार्यकर्ताले किसानको नामको अनुदान अपचलन गरेकाछन । केन्द्र प्रदेश र स्थानिय तहहरुले कमिसनमा योजना खरिद विक्रि गरी भ्रष्टाचार गरेको, जातका आधारमा छुवाछुतको चलन कानुनले दणडनिय गर्दा पनि समाजमा कायमै रहेको, साना किसानले सरकारी वैङ्क वाट सहुलेत ऋण प्राप्त गर्ने नसकेको, किसानका वस्तुभाउलाई नगदी सम्पतिका रुपमा वैङ्कले स्विकार नगरेका जस्तै कयौ किसान मजदुरका जिवन सँग दैनिकरुपमा सरोकार राख्ने विषयवस्तुहरु लाई केन्द्रिय तथा जिल्लाका टोलीहरुले अवस्था र स्थिति हेरेर उठान गरेर सँघर्ष गर्दा अभियानको सफलताका लागी स्थानीय मुद्दा अभिन्न अङ्गहुने छन।
चौपन्न जिल्लामा पैचालिस दिन सम्म पुर्णकालिन रुपमा केन्द्र\ जिल्ला स्तरमा करिव एकहजार जना र पार्टटाइमका रुपमा हजारौ कार्यकर्ता परिचालित भएर चालिस लाख जनता सँग प्रत्येक्ष र करौडौ जनता सँग विभिन्न माध्यम वाट पार्टीका विचारहरु पुर्याउन सकिने छ। चालिस लाखको दश प्रतिशतले हुनआउने चालिस हजार जनतालाई पार्टी नजिकका विभिन्न सँगठनमा सँगठित गर्ने ध्येयका साथ अभियानमा सहभागी भइ क्रान्तिकारी आन्दोलनमा व्यवहारतः जोडिनु सवै पार्टी सदस्य शुभचिन्तकको परम कर्तव्य र दायित्व रहने छ। त्यसकारण अभियानको स्प्रिटलाई आत्मासाथ गरौ यसको महत्व वुझि सफल पारौ हजारौ हजार जनता लाई पार्टी नजिकका सँगठनमा आवध्द गरेर मात्र अभियानको सार्थकता पुष्टि हुनेछ।
(लेखक- अधिवक्ता तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका पिविएम र कर्नाली व्युरो इञ्चार्ज हुनुहुन्छ)
प्रतिक्रिया