काठमाण्डौ। नेपाल वार एशोसियसनको आगामी चैत्र २३ गते हुन गइरहेको केन्दिय वारको चुनावमा वामपन्थी पार्टी निकट तथा अन्य कानुन व्यवशायी सँगठनहरु एकभएर वारको चुनाव लड्ने तयारी गर्दैछन।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट नेपाल प्रगतिशिल कानुन व्यवशायी एशोसियसन, नेकपा(एमाले) निकट कानुन व्यवशायी सँगठन पिपिएलए,माओवादी केन्द्र निकट कानुन व्यवशायी सँगठन आरपिएलए सहित एघार वटा कानुन व्यवशायी सँगठनहरुको सहभागीतामा आज काठमाण्डौको किम्चि व्याङकेट हलमा अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रगतिशिल कानुन व्यवशायी एशोसियसनका अध्यक्ष देवकुमार मोक्तान सहित एघार वटा कानुन व्यवशायी सँगठनका प्रमुखहरुले वारको चुनावको घोषणपत्र के हुने कसरी तालमेल गरेर जान सकिन्छ भन्ने विषयमा आ-आफ्ना धारण राखेको थिए।
कार्यक्रमको वरिष्ठ अधिवक्ता पुर्ववार अध्यक्ष शम्भु थापाको अध्यक्षता वरिष्ठ अधिवक्ता एव पुर्व वार एशोसियसनका अध्यक्ष चंण्डेश्वर श्रेष्ठले सञ्चालन गरेका थिए।कार्यक्रममा वरिष्ठ अधिवक्ता एव वारका सँस्थापक अध्यक्ष कृष्णराज भण्डरी र अन्य वरिष्ठअधिवक्ता तथा सयौ अधिवक्ताहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया